Butwal Today

राजापुर नगरपालिका-६ ले ६ सय नागरिकलाई न्यानो कपडा वितरण ग-यो

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बर्दिया, १७ पुस ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ ले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अशक्त अपाङ्गता तथा एकल महिलालाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ ।

वार्षिक स्वीकृत बजेट अन्तर्गत चिसो मौसमबाट जोगिन ६ सय जना लाभग्राहीलाई कम्मलसहित न्यानो कपडा वितरण गरेको हो । वडा नं. ६ का अध्यक्ष असराज न्यौपानेका अनुसार ३ लाख २५ हजार रुपैयाँको स्वीकृत बजेटबाट कार्यक्रम सञ्चालन गरिएको हो ।

ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरू चिसो मौसममा अत्यन्त प्रभावित हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा र सम्मानका लागि न्यानो कपडा वितरण गरेको जानकारी दिए ।

ज्येष्ठ नागरिकहरू समाजका आस्थाका धरोहर तथा पुर्खालाई सेवा गर्ने उल्लेख गर्दै सही मार्गदर्शन दिने अभिभावकका रूपमा सबैले माया, सम्मान र सहयोग गर्नुपर्ने दायित्व नागरिकहरूमाथि रहेको उनको भनाई छ ।

आफू निर्वाचित भएर आएदेखि प्रत्येक वर्ष यस्ता सम्मान तथा सहयोगका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

वडा सदस्य बलबहादुर राणा लगायत अन्य जनप्रतिनिधि तथा स्थानीयको कार्यक्रममा सहभागिता थियो ।

न्यानो कपडा प्राप्त गरेपछि ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ दलित समुदायका व्यक्तिहरूले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै चिसो समयमा कार्यक्रमले ठुलो राहत पुगेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?