Butwal Today

लुम्बिनी प्रदेशमा मानव बेचबिखनको भयावह अवस्था

१६ पुष २०८२, बुधबार
अ+
अ-

बाँके, १६ पुस ।

लुम्बिनी प्रदेशमा मानव बेचबिखनको भयावह अवस्था रहेको छ । नेपालगन्जमा रहेको माइती नेपालको वार्षिक घटना विवरण अनुसार २०२५ सालमा मानव सम्बन्धी ९२० ओटा घटनाहरु दर्ता भएका छन् । जस मध्य ५ सय ९३ जना मात्र फेला परेका छन् । लुम्बिनी प्रदेशको मानवका घट्नामा बाँके पहिलोमा छ भने बर्दिया दोस्रोमा छ ।

माइती नेपालले २०२५ सालमा मात्र जोखिम पूर्ण यात्रामा रही सिमानाबाट ५ सय ४५ जनालाई उद्धार गरेको छ ।

र त्यसै सँगै मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई ५ सय ५४ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । त्यस सँगै लुम्बिनी प्रदेशका श्रम र यौन शोषणमा परी १४ जनालाई उद्धार गरेको माइती नेपालका क्षेत्रीय कार्यालयका कार्यालय प्रमुख केशव कोइरालाले बताए । बोडरमा खटाइएका टोलीबाट बोडरबाट परामर्श दिई ४ सय ७३ जनालाई घर फिर्ता गराइएको छ ।

त्यस सँगै घरेलु हिंसाका घटना ७ ओटा दर्ता भएको थियो भने ३ ओटा मात्र समाधान भएको प्रमुख कोइरालाले बताए । मानव बेचबिखन विरुद्ध नाकामा ५ ओटा मुद्धा दर्ता भएको छ । त्यो सँगै माइती नेपालले उद्धार गरेर एक वर्षमा २ जनालाई सिपमूलक तालिम दिएको छ ।

लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै मानव बेचविखनका घटना घटेको माइती नेपालको तथ्याङ्कमा छ ।  बाँकेमा मात्र १ सय ६७ ओटा मानव सम्बन्धी घट्नाहरु दर्ता भएका छन् ।

जस मध्य नेपालगन्ज उपमहानगरपालिकामा १२ ओटा, जानकी गाउँपालिकामा १ ओटा, डुडुवा गाउँपालिकामा २ ओटा, कोहलपुर नगरपालिकामा १९ ओटा र नरैनापुरमा १ ओटा घटना भएका थिए र खोजतलास तथा उद्धारका लागि नेपालगन्ज उपमहानगरपालिकाको ३६ ओटा, कोहलपुर नगरपालिकाको ६४ ओटा, राप्ती सोनारी गाउँपालिका ९ ओटा खजुरा गाउँपालिकाको २० ओटा, बैजानाथ गाउँपालिकाको ३० ओटा, जानकी गाउँपालिकाको ६ ओटा र डुडुवा गाउँपालिकाको २ ओटा दर्ता भएका थिए ।