Butwal Today

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

१६ पुष २०८२, बुधबार
अ+
अ-

जनकपुरधाम ।

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ । सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई समेट्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नयाँ मन्त्रीहरूको जिम्मेवारी: मनिष सुमनले श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।