ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

स्तरीकृत परीक्षामार्फत घोक्ने प्रवृत्ति हटाउँदै परीक्षा बोर्ड

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बाँके, १५ पुस ।

राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले स्तरीकृत परीक्षामार्फत बालबालिकामा घोक्ने प्रवित्ति हटाउन लागेको बताएका छन् । परीक्षा प्रणाली सही नहुँदा बालबालिकाको वास्तविक सिकाइ परीक्षण हुन नसकेको बताउँदै उनले त्यसका लागि स्तरीकृत परीक्षा उपयुक्त तरिका भएको बताए ।

स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सिप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीको बाँकेको कोहलपुरमा उद्घाटन गर्दै अध्यक्ष महाश्रम शर्माले स्तरीकृत परीक्षाको सीप परीक्षा बोर्डले पालिकासम्म पुर्याउने कामको थालनी गरेको बताए । अहिलेको परीक्षा प्रणालीले ५० प्रतिशत बालबालिकाको मात्रै सिकाइ मापन गर्न सक्षम भएको बताए ।

अध्यक्ष शर्माका अनुसार प्रशिक्षक प्रशिक्षणपछि देशभरका ७५३ पालिकाका शिक्षकलाई स्तरीकृत प्रश्नपत्र बनाउने तालिम संचालन हुनेछ । पालिकाले पालिका स्तरमा प्रश्नपत्र बैंक तयार गर्नेछन् । अहिले विद्यालयको कक्षा ६ देखि ८ लाई लक्षित गरी प्रशिक्षण संचालन गरेको भएपनि विद्यालय तहमा प्रश्नपत्र बनाउनमा सहयोग पुग्नेछ । यसरी बालबालिकाको मूल्याङ्कन हँुदा देशभरका पालिकाका बालबालिकाको एउटै तरिकाले मूल्याकंन हुने र पालिका पालिकाबीच नतिजाको तुलना गर्न सकिनेछ । तालिमले स्तरीकृत परीक्षा संचालन गर्ने क्षमता पालिकासम्म पुग्ने, मूल्याङ्कन तरिकामा ज्ञान मात्रै होइन सबै पक्षको मूल्याङ्कन हुने उनले बताए । त्यसैगरी घोक्ने प्रवृत्ति घट्ने र बालबालिकाले आफ्नो मौलिक तरिकाले उत्तर लेख्न सक्नेछन् ।

कार्यशालामा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका २५ जिल्लाका गणित, बिज्ञान र अंग्रेजी बिषयका शिक्षकहरु भाग लिएका छन् । तीन दिनसम्म चल्ने कार्यशाला गोष्ठिमा बिषयगत विज्ञ शिक्षकका तर्फबाट अंग्रेजी बिषयका कमलराज देवकोटा, सिप विकास ईकाइ बर्दियाका प्रमुख महेश देवकोटा, पुर्व परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझी लगायतले स्तरीकृत परीक्षाको बिषयमा बोलेका थिए । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित उक्त तीन दिने गोष्ठीको ब्यबस्थापन राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर शाखाले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?