Butwal Today

पालिकाबिचमा समन्वय हुनुपर्ने 

१२ पुष २०८२, शनिबार
अ+
अ-
दाङ, १२ पुस ।
अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठक दाङको दंगीशरण गाउँपालिकामा भएको छ ।
 जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा  समन्वय प्रमुख शर्माले जिल्लामा भएका कामहरूको समिक्षा गर्ने र आगामी कामहरूका बारेमा छ्लफल गर्ने बताए ।
एउटा पालिका र अर्को पालिकाको बीचमा समन्वय गरेर काम गर्नुपर्ने बताए । लमहीका नगरपालिकाका प्रमुख जोगराज चौधरीले  हुलाकी सडकको काम किन ढिला भएको भन्ने विषयमा कुरा राखेका थिए । त्यसको जवाफमा सडक डिभिजन कार्यालयका प्रमुखले जवाफ दिएका थिए । हुलाकी सडक निर्माणका लागि जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन नसके बताए ।
 प्रमुख जिल्ला अधिकार विश्वप्रकाश अर्यालले  लागु औषधका विषयमा सबै पालिका गम्भीर बन्नुपर्ने बताए । पालिका स्तरीय समन्वय बैठकले सकारात्मक प्रभाव पार्ने बताए ।  मेला महोत्सवहरु कुनै सस्थालाइ ठेक्का दिन नहुने बताए ।
तुलसीपुरका मेयर टीकाराम खडकाले जेन्जी आन्दोलनमा  तुलसीपुरको कार्यालय ध्वस्त भएकाले पालिकाको कामकाजमा समस्या भएको बताए । पालिकाको घर बस्न अयोग्य रहेकाले रातो स्टिकर टासिंएको बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले छाडा चौपाया मुक्त पालिका घोषणा गरेको बताए । अन्तर पालिका  बैठकले पालिकामा भएका समस्या समाधानका लागि पहल हुने बताए । सो अबसरमा  बंगलाचुलीका अध्यक्ष तुलसीराम पुन, दङीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, लमहीका उपप्रमुख लक्ष्मी योगी लगायतले आफ्नो धारणा राखेका थिए ।
 दाङका १० पालिकाका प्रमुख उपप्रमुख र प्रशासकिय अधिकृतहरुको उपस्थिति रहेको थियोे ।    जेनजी आन्दोलनका समयमा जिल्ला समन्वय समितिका सम्पुर्ण उपकरण जलेकाले कामकाजमा सहज होस् भनेर दंगीशरण  गाउँपालिकाले  जिससलाइ  कम्युटर , प्रीन्टर ,  हस्तान्तरण गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?