ट्रेंडिंग:

>> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम
सन्दर्भ : ज्येष्ठ नागरिक दिवस 

 दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार
दाङ, ११ पुस ।
फुलेर सेताम्मे भएको कपाल ,  चाउरी परेको अनुहार , हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख ।  घोराही उपमहानगरपालिका – ६ का  ज्येष्ठ नागरिकको अहिलेको दैनिकी बनेको छ बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने र  रमाउने । उनीहरू त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्छन्  र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । कोहीले मादल, खैँजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने रमाउने गर्छन्  ।  यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ, नागरिक दिवासेवा केन्द्र ।
दाङमा ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरूको दैनिकी पनि फेरिएको छ । घोराही उपमहानगरपालिका-६ जजरागाउँका   निमादेवी अधिकारी ८० वर्षकि भइन । उनी  बिहान ११ बजे सोही वडाको गुरुवागाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्छिन  । आफ्ना साथीभाइ, दौँतरीसँगको भेटघाट र भलाकुसारीले मन भुल्ने गरेको उनी बताउछिन् ।  दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी, भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उनलाई दिन कटेको पत्तो हुँदैन । “रामायण, महाभारतका श्लोक सुन्दा मनमा आनन्द आउँछ,” उनले भनिन् ।
“कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरू पनि नाचेरै रमाउनुहुन्छ । यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ ।”  मलाई पढ्न आउदैन पढेको चाहिँ खुब चासो दिएर सुन्ने गर्छु उनले भनिन् ।
घोराही–६ गुरुवागाउँका  निमादेवी शर्माले ८७ वसन्त पार गरिन । एक्लो जीवन  घरमा बसेर दिन बिताउन उनलाई पट्यार लागेको थियो । वि.सं.२०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उनको दिनचर्या फेरिएको छ । आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने, भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ । “आफूसँगका साथीसँग भेट हुन्छ । घरमै बस्दा अत्यास लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ”, उनले भनिन्  ।
आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उनको भनाइ छ । “आफूसँगका साथीसँग भेट हुन्छ ।   दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।” सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उनको अनुभव छ । घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको छ ।
दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्नुहुन्छ । यहाँ आउन कसैलाई पनि रोकतोक छैन । जम्मा हुनासाथ उहाँहरूले आरती गर्नुहुन्छ र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको  ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष पदम अधिकारीले बताए ।
साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्ने  वडा नं ६ का वडाध्यक्ष विष्णुराम आचार्यले बताए ।
 ६ बर्ष अघिदेखि  सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैँजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ ।आचार्यले  भने , “केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ । यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बित्ने गरेको छ  ।
 ज्येष्ठ नागरिक, महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका १९ वटै वटा वडामा २७ वटा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताइन ।  कुनै वडामा दुईवटा छन् । नगरले बजाउने बाजा, बस्ने म्याट, कुर्सी  लगायतका सामग्री सहयोग गरेको छ । दैनिक खाजाको लागि केही रकम पनि सहयोग गरेको उनले बताइन् ।  दिउँसो आउने ज्येष्ठ नागरिकलाई तातोपानी र खाजा खाने ब्यबस्था पालिकाले गरेको उनले बताइन् ।
अहिले मानिसहरू व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले वडा वडामा रहेका ज्येष्ठ नागरिकलाई दिवासेवा केन्द्रमा आउने वातावरण मिलाएको उनले बताइन् ।
 त्यसैले यसरी स्थापना गरिएका नागरिक सेवा केन्द्रहरू नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरू कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएकाहरूका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?