© २०२३
पाल्पा, १० पुस ।
वर्तमान सरकारले तीनै तहका सरकारलाई सुशासन, पारदर्शीता, जवाफदेहीता र मितब्ययी बनाउन गरेको निर्णयलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले खिल्ली उढाएको छ ।
पटक पटक विविध विषयमा विवादमा आएको रिब्दीकोटले संघीय सरकारको निर्णयलाई चुनौती दिदै लाखौं रुपैयाँ खर्चिएर बुटबलको सुुविधा सम्पन्न होटेलमा छलफल आयोजना गरेको हो ।
कृषकलाई राहत तथा अनुदानको लागि बजेट माग गर्दा विभिन्न बहानामा टार्ने, सरकारी बजेटले सीमित व्यक्ति बोकेर कार्यक्रम गरिनु संघीय सरकारको निर्णयको खिल्ली उडाएको कार्यक्रममा सहभागी एक व्यक्तिले बताए ।

भैरव मन्दिर व्यवस्थापन समिति गठन, मन्दिरको लागि भन्दै पार्किङको निर्माणको विवाद सुल्झिन नपाउँदै कार्यालय प्रयोजनका लागि खरिद गरिएको विद्युतीय सामग्रीको विषयले निकै चर्चा पाएको छ । यस विषयमा स्थानीय सरकारकै प्रतिनिधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानुनी लडाइको लागि जान तयार भएको बताइएको छ । सरकारले सरकारी कार्यक्रमहरु होटलहरुमा गर्न नपाउने निर्णयलाई कानुनको अपव्याख्या गरी केही व्यक्तिलाई खुसी बनाउन र सरकारी बजेटको दोहनको लागि महङ्गो त्यसैमाथि जिल्ला बाहिर कार्यक्रम गरेको भन्दै कार्यक्रम स्थलमै सहभागीहरुले आलोचना गरेका थिए ।