Butwal Today

लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो ।

सोमवार तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै त्यस दिनसम्मकै सबैभन्दा उच्च मूल्य कायम भएको थियो । यस्तै, मंगलवार सुनको भाउ २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको थियो । बुधवार अहिलेसम्मकै उच्च २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको सुनको भाउ आज भने तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ४ हजार ४ सय २० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?