ट्रेंडिंग:

>> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन

अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण    

१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कपिलवस्तु, १० पुस  ।

कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु अस्पताल र लबनी स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट सिक्स बि हस्तान्तरण गरिएको छ ।

आपतकालीन प्रजनन स्वास्थ्य साहायता किट भित्रको क्लिनिकल प्रसूति प्रयोजनका लागी प्रसूति सहायताका लागी तयार पारिएको किट हस्तान्तरण गरिएको हो ।

युएनएफपीएले प्रसूति सेवालाई पहुँच योग्य बनाउने उद्देश्यका साथ कपिलवस्तु अस्पताल र लबनी स्वास्थ्य चौकीमा सो किट हस्तान्तरण गरेको हो । युएनएफपीएले मात्रै उत्पादन गर्दै आएको सो किटमा प्रसूति गर्दा आवश्यक पर्ने औषधी र एक पटक प्रयोग गर्न मिल्ने डिस्पोजेवल सामाग्रीहरू रहेको हुन्छन् ।

गत आर्थिक वर्षमा सरकारी निकायमा दर्ता भएका तथ्याङ्क हेर्दा कपिलवस्तु जिल्लामा भएका  १० वटा मातृ मृत्युको घटनामा कपिलवस्तु नगरपालिकामा ३ वटा घटना भेटिएकोले कपिलवस्तु अस्पताल र जिल्लामा सबै भन्दा बढी प्रसूति सेवा दिँदै आएको लबनी स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरलाई सो किट उपलब्ध गराइएको खुल्न आएको छ ।

युएनएफपीए लुम्बिनी प्रदेश कार्यालय बुटवलका कार्यालय प्रमुख राम थापाले किड्स कपिलवस्तुका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदीको उपस्थितिमा कपिलवस्तु अस्पतालका स्टोर इन्चार्ज विसर्जन शर्मा, प्रसूति युनिटकी प्रमुख दुर्गा अग्रहरी र नर्स सुकमाया थापालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

यस अघि मङ्गलवार प्रमुख थापाले लबनी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई एक सेट किट हस्तान्तरण गरेका थिए । एक सेट प्रजनन स्वास्थ्य किटले ३ सय बढी प्रसूतिमा सहयोग मिल्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । युएनएफपिएले आफै उत्पादन गरेको किट भएकाले प्रसूति सेवाको गुणस्तर कायम गर्न तथा गुणस्तरीय सामाग्रीका कारण बिरामीलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न सहजता हुने कपिलवस्तु अस्पतालका स्टोर इन्चार्ज विसर्जन शर्माले बताए ।

प्रसव सेवालाई गुणस्तरीय र पहुँच योग्य बनाउन कपिलवस्तु अस्पताल र लबनी स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट सिक्स बि हस्तान्तरण गरिएको युएनएफपीए लुम्बिनी प्रदेश कार्यालय बुटवलका कार्यालय प्रमुख राम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?