ट्रेंडिंग:

>> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ  >> खच्चरमा पानी बोकाएर टङ्की निर्माण >> भैरव मन्दिरमा आर्थिक अनियमितताको गन्ध  >> निजी विद्यालय सामुदायिकमा समायोजन >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो

निजी विद्यालय सामुदायिकमा समायोजन

अन्य जिल्लामा सरकारी विद्यालय नै धराशायी भएर बन्द हुने अवस्था आए पनि रोल्पाका तीन पालिकाका निजी  विद्यालय भने सामुदायिक विद्यालयमा समायोजन भएका छन् ।
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रोल्पा, १० पुस ।

रोल्पाका तीन स्थानीय तहहरू निजी विद्यालय विहीन रहेका छन् । जिल्लाका त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र लुंग्री गाउँपालिका निजी विद्यालय विहीन रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका अनुसार हाल जिल्लाका तीन स्थानीय तह निजी विद्यालय विहीन रहेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाले निजी विद्यालयहरूलाई सरकारी विद्यालयमा समायोजन गरेको थियो । नर्सरी देखि कक्षा १० सम्म पढाई भइरहेको शिखर जलजला एकेडेमी बोर्डिङ स्कुल, त्रिवेणी– ५ जुँगारलाई जनजागृति मावि त्रिवेणीमा समायोजन गरिएको छ ।

अहिले सो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ ।  त्यस्तै निजी स्तरमा सञ्चालन भएको मदरल्याण्ड एजुकेयर एकेडेमी प्रालिलाई शुक्र मावि झुम्लुङमा, रोल्पा सनराइज इङ्लिस बोर्डिङ स्कुललाई विरेन्द्र मावि गाङमा र बुढागाउँ मदरल्याड एकेडेमी प्रालिलाई सरस्वती मावि लिङदुङमा समायोजन गरिएको थियो ।

त्रिवेणी गाउँपालिकामा सञ्चालित सबै निजी विद्यालयहरू सामुदायिक विद्यालयमा समायोजन भएपछि अहिले गाउँपालिका निजी विद्यालयविहीन भएको छ ।
त्रिवेणी गाउँपालिकाले समायोजन हुने विद्यालयमध्ये मावि तहका लागि रु. ५ लाख, निमावि तहका लागि रु. ३ लाख र प्रावि तहका लागि रु. २ लाख बजेट उपलब्ध गराएको थियो ।

समायोजन भएका विद्यालयलाई प्राथमिकता दिई अन्य सेवा–सुविधा उपलब्ध गराउने नीति रहेको गाउँपालिकाको शिक्षा शाखाको भनाई छ ।  निजी विद्यालयहरू सरकारीमा समायोजन भएसँगै पढाइको गुणस्तरमा पनि सुधार भएको अभिभावकहरू बताउँछन् ।

समायोजनसँगै निजीका शिक्षकहरू सरकारी विद्यालयमा आएका छन् । “बोर्डिङ स्कुलका सरहरूले पढाउन थालेपछि अधिकांश विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुन थालेको छ,” अभिभावक ऋषिकेश डाँगीले भने ।

उनका अनुसार शिक्षाको गुणस्तर निजीभन्दा राम्रो बनाउने सर्तमा मात्रै विद्यालय समायोजनको सहमति दिइएको हो । “निजीमा पढ्दै गरेका मेरा छोराछोरी सरकारीमा भर्ना गर्दा पढाई कस्तो होला भन्ने लागेको थियो तर, अहिले ढुक्क भएका छौँ,” डाँगीले सुनाए ।

जिल्लाको रुन्टीगढी गाउँपालिकामा यस अघि सञ्चालनमा रहेको निजी विद्यालय हाल बन्द अवस्थामा रहेपछि सो गाउँपालिका पनि निजी विद्यालय विहीन भएको हो । लुंग्री गाउँपालिकामा भने हाल सम्म निजी विद्यालय स्थापना भएको छैन ।

जिल्लाका दश स्थानीय तह मध्ये अन्य सात स्थानीय तहमा भने निजी विद्यालय रहेका छन् । जिल्लामा कक्षा १–५ चलेका ११, कक्षा १–८ चलेका ५ र कक्षा १–१० चलेका ३ सहित १९ वटा निजी विद्यालय रहेका छन् । रोल्पा नगरपालिकामा ४ वटा निजी विद्यालय रहेका छन् ।

कक्षा १–५ पढाइ हुने विद्यालय २ र कक्षा १–१० पढाइ हुने विद्यालय २ वटा रहेका छन् । यस्तै सुनिलस्मृती गाउँपालिकामा ५ वटा निजी विद्यालय रहेका छन् । जहाँ कक्षा १–५ पढाइ हुने २, कक्षा १–८ पढाइ हुने २ र कक्षा १–१० पढाइ हुने १ विद्यालय रहेका छन् ।

यस्तै, सुनछहरी गाउँपालिकामा कक्षा १–५ पढाइ हुने एक विद्यालय रहेको छ । थवाङ गाउँपालिकामा कक्षा १–८ पढाइ हुने एक विद्यालय रहेको छ । परिवर्तन गाउँपालिकामा ४ वटा निजी विद्यालय रहेका छन् । जसमा कक्षा १–५ पढाइ हुने २ र कक्षा १–८ पढाइ हुने २ वटा विद्यालय रहेका छन् ।

गंगादेव गाउँपालिकामा कक्षा १–५ चलेका २ निजी विद्यालय रहेका छन् । यस्तै, माडी गाउँपालिकामा कक्षा १–५ चलेका २ वटा निजी विद्यालय रहेका छन् ।
यस वर्ष जिल्लाका १९ निजी विद्यालय १४८४ छात्रा र १७९७ छात्र सहित ३२८१ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी विद्यालय तर्फ बालविकासमा ५५१ छात्रा र ८७८ छात्र सहित १४२९ छात्रछात्राले अध्ययन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?