Butwal Today

बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा  

९ पुष २०८२, बुधबार
अ+
अ-

नवलपरासी,बर्दघाट ।

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले किसानहरूको स्वास्थ्य सेवाको सहजताका लागि प्याथोलोजी सेवा(ल्याब परीक्षण)मा ८० प्रतिशत सम्म छुट दिने गरी नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यसका लागि नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ क बजेटमा रु १० लाख रुपैयाँ बिनियोजन गरेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर भित्र रहेका सहिद स्मृति सामुदायिक अस्पताल र चिसापानी अस्पतालबाट यो सेवा लिन सकिने छ । फर्म दर्ता भई पान नम्बर प्राप्त गरी नगरभित्र सूचीकृत भएका कृषकहरूले  यो सेवा लिन सक्ने गरि कार्यविधि बनेको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए । नगरपालिकाले मापदण्ड बनाएर  किसान परिचय पत्र समेत वितरण गरेको छ ।

मूलतः विपन्न कृषक वर्गहरूले यो सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले निश्चित मापदण्डका आधारमा यो सुविधा दिने गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

“हामीले यी दुई वटा अस्पतालहरूबाट किसान सँगै,अपाङ्ग,ज्येष्ठ नागरिक,एकल महिलाहरूलाई पनि यो सुविधा प्रदान गरेका छौँ,लक्षित बर्गले यसबाट पक्कै लाभ लिनेछन् भन्ने हाम्रो विश्वास हो”नगर प्रमुख श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?