ट्रेंडिंग:

>> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ

हत्यामा संलग्नमाथि कारबाही गर 

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं. ४ धौलागिरी चोकका १७ वर्षीय इशान शर्माको हत्या भएको एक साता बितेको छ ।

हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रहरी प्रशासनलाई दवाव दिएका छन् । प्रहरीले अनुसन्धान भैरहेको भन्दै धैर्य गर्न आग्रह गरेको छ । इशान शर्माको हत्या पछिल्लो उदाहरण हो । पछिल्लासमय देशैभरी अपराधका घटनामा बृद्धि भैरहेको छ ।

यस प्रकारका घटनाले व्यापार व्यवसाय गर्ने वातावरण समेत धमिलिने भन्दै बुटवल उद्योग बाणिज्य संघले समेत हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छ । संघले घटनामा संलग्नलाई पहिचान गरी छिटोभन्दा छिटो कडा कारबाही गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सघाउ पु¥याउने पनि उल्लेख गरिएको छ ।

निश्चितरूपमा जबसम्म शान्तिपूर्ण वातावरण हुँदैन तबसम्म मुलुकका अवयवहरूले काम गर्न सक्दैनन् । त्यसैपनि पछिल्लोसमय अपराधजन्य घटनामा बृद्धि भैरहेको छ । मानिसलाई जनावरको हत्या गरे भन्दा पनि सजिलै हत्या गर्ने घटनाक्रम बढ्दै गएको छ । देशकै राजधानी काठमाण्डौंदेखि तराईका विभिन्न स्थानमा भैरहेका अपराधका बर्बर घटनाले नेपाली समाज अपराध उन्मुख देखिएको छ । हत्या पनि बिभत्स ढंगले हुने गरेको उदाहरण देखिन थालेका छन् ।

यस प्रकारको समाचार सुन्दा अप्रिय र पत्याउनै गाह्रो पर्छ । देशका विभिन्न स्थानमा भैरहेका यस प्रकारका क्रुर घटनाले नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै बदनामी हुने हो कि भन्ने चिन्ता हुनु अस्वाभाविक होइन । खासगरी मधेश र तराईका विभिन्न स्थानमा हुने घटनाबाट सवैले पाठ सिक्नुपर्ने अवस्था छ । समाजमा हुने निर्मम प्रकारका जघन्य अपराधका पछि धेरै कारण हुन सक्छन तर पछिल्लो सर्वेक्षणले गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वासले ग्रसित नेपाली समाजमा यस प्रकारका घटना बढेको देखाएको छ । त्यसमाथि रिसइबी प्रमुख समस्याको रूपमा देखापरेको छ ।

कञ्चनमा भएको इशान हत्यामा साथीहरूबिचको इगो नै समस्या हुनसक्ने आशङ्का छ । ऋण तिर्न नसक्दा हुने हत्याका घटनादेखि बदलाको भावनाले आपराधिक मनोबृत्ति बढिरहेको छ । त्रासदीका घटना छँदैछन, त्यसमाथि बलात्कार, अपहरण र हत्याका घटना धेरै बढेका छन ।

दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, श्रीमानद्वारा बहुविवाह गरी यातना दिने लगायत घरायसी समस्या अनि बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरूबाट नै हुने गरेको पाइएको छ । यी सवै घटनाले अपराध मनोबृत्तिलाई बढावा दिईरहेका छन । मधेशमा दाइजो नल्याएको निहुँलाई आधार बनाएर महिलालाई जिउँदै÷जलाउने मार्ने जस्ता घटनाहरू त हरेक महिनाजसो सुन्नु परिरहेको छ ।

छोरी जन्माएको निहुँमा महिलालाई घर निकाला गर्नेदेखि लिएर अनेकौं यातना दिइन्छ तर आजको युगमा आएर यस्ता घटनाहरू दिन दहाडै घटिरहँदा पनि सम्बन्धित निकाय मौन रहनु बाहेक केही गर्न सकेको छैन् । दिनहँु भैरहेका हत्या र हिंसाका घटनाले आम मानिसलाई विक्षिप्त तुल्याएको अवस्था छ ।

चेतनाको कमीले पनि अनेकौँ  हिंसाका घटनाहरू बढेका छन । कु–संस्कार र धर्मको नाममा आडम्बर फैलाउने, प्रताडित गर्ने, निर्ममता प्रदर्शन गर्ने क्रम बढ्दै गर्दा यस्ता घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्नु जरुरी छ । दण्डहीनताको संस्कृतिले जरो गाड्दै गएको कारण नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकता बढेको अवस्था छ । तसर्थ अव प्रहरी प्रशासनले अपराधको विकसित घटनाक्रम नियन्त्रणमा ध्यान दिनु जरूरी छ ।

अपराधका नयाँ नयाँ तरिकाहरू समेत सार्वजनिक हुने गरेको छ । अतः प्रहरी प्रशासनले यी सवै घटनाक्रमलाई सुक्ष्म तरिकाले नियाल्दै शान्ति सुरक्षाको व्यवस्था गर्न ढिलाई नगरोस् । र, कञ्चनमा भएको इशान हत्याको घटनामा दोषी पत्ता लगाई कारवाही गर्ने बिषयमा ढिलाई नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?