ट्रेंडिंग:

>> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण

रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त

२२ करोड ३१ लाख ६० हजार २१० रुपैयाँको लागतका ४ वटा पुल निर्माण सुरु गरिएको भए पनि पछिल्लो समयमा  बजेट नआएपछि निर्माण कार्य नै रोकिने सङ्केत देखिएको छ ।
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गुल्मी, ०९ पुस । 

गुल्मीको क्षेत्र नं. १ अन्तर्गत रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेका चार वटा पक्की पुल बजेट अभावका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।

काल गण्डकी करीडोर र मध्य पहाडी लोकमार्ग जोड्ने उक्त सडक जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने व्यस्त सडक मार्ग अन्तर्गत पर्दछ ।

२०३६ सालदेखि निरन्तर रूपमा सञ्चालनमा आएको उक्त सडक खण्डको डहरे खोला, नादेवा खोला, भार्से खोला र गिदी खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ । उक्त सडकहुँदै बाग्लुङ् र पर्वतसम्म पुग्ने नागरिकहरूले बर्सादको समयमा पुल नहुँदा ठुलो सास्ती व्यहोर्दै आउनुपर्ने बाध्यता थियो ।

गुल्मीको रुद्रवेणीदेखि वामीटक्सार सडक खण्ड अन्तर्गत चार वटा खोलाहरूमा पक्की पुल निर्माण कार्यले तीव्रता पाउँदा त्यस क्षेत्रका नागरिकहरूमा अब चाँडै पुल बन्ने आशा पलाएको थियो ।

सडक डिभिजन पाल्पा अन्तर्गत निर्माण हुन थालेका त्यस क्षेत्रका चार पक्की पुल निर्माणको काम राजेश्वरी–लुम्बिनी जेभीले गरिरहेको छ ।

निर्माण कम्पनीले भ्याट सहित २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाँको लागतमा उक्त चार वटा पुल निर्माण गर्न थालेको सडक डिभिजन पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए ।

गौतमका अनुसार डहरे खोलामा ४० मिटर, नादेवा खोलामा २० मिटर, भार्से खोलामा ४० मिटर र गिदी खोलामा २० मिटर गरी कुल १२० मिटर लम्बाइको पुल निर्माणको काम भइरहेको छ ।

२०८० जेठ २२ गते सम्झौता भएको उक्त पुल २०८२ साउन २२ गते सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ । पुल निर्माणको हालसम्म ७५ प्रतिशत भौतिक र ६० प्रतिशत वित्तीय प्रगति भएको भैसकेको कार्यालयले जनाएको छ ।

डहरे खोलामा निर्माण भएको पुलको फाउन्डेसन र सव–स्ट्रक्चरको काम सम्पन्न हुनुका साथै सुपर–स्ट्रक्चरको ४० मिटर ढलानको काम सम्पन्न भैसकेको छ । नादेवा खोलामा पनि पुलको फाउन्डेसन र सव–स्ट्रक्चरको सम्पूर्ण काम सकिएको छ भने सुपर–स्ट्रक्चरको ढलान र पहुँच सडकको काम बाँकी रहेको बताइएको छ ।

त्यसैगरी भार्से खोलामा निर्माण भएको पुलको फाउन्डेसन सब–स्ट्रक्चरको काम सकिनुका साथै सुपर–स्ट्रक्चरको ४० मिटर ढलान गरिसकिएको छ । पहुँच सडकको काम भने बाँकी रहेको छ । गिदी खोलामा निर्माण भएको पुलको फाउन्डेसन र सव–स्ट्रक्चरको काम सकिएपछि ढलान गर्ने तयारी भइरहेको राजेश्वरी–लुम्बिनी जेभीका सञ्चालक भागवत गिरीले जानकारी दिएका छन् ।

गिदी खोला बाहेक तीन वटा पुलको काम अन्तिम चरणमा पुगेको र हालसम्म निर्माण व्यवसायीको तर्फबाट ९० प्रतिशत काम सम्पन्न भैसकेको निर्माण व्यवसायी भागवत गिरीले बताए ।

गिदी खोलाको पुलको भने ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुलको शीर्षकमा यस वर्ष ६ करोड रुपैयाँ विनियोजित भएकोमा उक्त रकमबाट गत वर्षको दायित्व भुक्तानी भैसकेको बताइएको छ ।

निर्माण व्यवसायीले हालसम्म निर्माण सम्पन्न गरेबापत रनिङ् बिलको पाँच करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताइएको छ । “निर्माणको लागि थप रकम रकमान्तर भइ आउने हो वा हैन भन्ने विषयमा अन्यौलता छ, त्यसै कारण काम अघि बढाउनेकी नबढाउने भन्ने विषय अन्योलमा पैदा भएको छ,” निर्माण व्यवसायी भागवत गिरीले भने ।

उक्त क्षेत्रमा पुल निर्माणको लागि पहल गर्दै आएका गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले पुल निर्माणको काममा रकमको अभाव हुन नदिने भन्दै तोकिएकै समयमा काम सम्पन्न होस भनेर आफू लागि परेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?