Butwal Today

पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै

८ पुष २०८२, मंगलवार
अ+
अ-

लमही, ८ पुस ।

लुम्बिनी प्रदेश सरकारले पुस १३ गते प्रदेशलाई औपचारिक रूपमा साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिलाई आधार मानेर साक्षरता घोषणा गर्न लागेको हो ।

प्रदेश सरकारका अनुसार आवश्यक मापदण्ड पूरा भएपछि साक्षर घोषणा कार्यक्रम आयोजना गर्न लागिएको हो । घोषणासँगै प्रदेशभरका नागरिकलाई साक्षरतामा जोड्ने अभियानलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । साक्षरता घोषणा पछि निरन्तर सिकाइ, जीवनोपयोगी शिक्षा र डिजिटल साक्षरतामा जोड दिइने प्रदेश सरकारको योजना रहेको छ ।

प्रदेश सरकारले साक्षरता अभियानमा योगदान पुर्‍याउने शिक्षक, स्वयंसेवक तथा सम्बन्धित निकायलाई धन्यवाद ज्ञापन गर्ने तयारी पनि गरेको छ । सामाजिक  विकास  मन्त्रालयले  आज पत्रकार  सम्मेलन  गरि यस्तो जानकारी गराएको हो ।

सामाजिक  विकास मन्त्री  जन्मजय तिमिल्सिनाले दिगोपना दिन आगामी दिनमा साक्षरता र शिपमुलुक कार्यक्रम जोडेर लैजाने बताए । शिक्षा सुधार व्यापक सुधार गरिने बताए । पत्रकारले सामाजिक विकास मन्त्रालयका मन्त्री तिमिल्सिनाले आफ्नो जिल्लामा बढी बजेट धेरै छुट्टाएको भन्ने प्रश्न स्वीकार गर्दै जिल्ला बासी भन्दा जिल्लाको अवस्था हेरेर बजेट  विनियोजन गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?