ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

सुस्मिता हत्याकाण्डः आरोपीबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

चन्द्रौटा(कपिलवस्तु), १२ पुस ।

सुस्मिता थापा केसी हत्याकाण्डका आरोपीहरुबाट आक्रमण हुन सक्ने भन्दै पीडित परिवारले जीउज्यानको सुरक्षाको माग गरेका छन् । गृह मन्त्रालय शान्ति सुरक्षा अपराध नियन्त्रण शाखाले शान्ति सुरक्षाका लागि सम्बन्धित निकायलाई गत ७ गते पत्र काटेको छ ।

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ बस्ने सुस्मिताको माइती परिवारलाई कपिलवस्तुदेखि हेटौडा जिल्ला अदालत मकवानपुर सम्म आउजाउ गर्न हत्याकाण्ड आरोपीहरुबाट आक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गरी जीउ ज्यानको सुरक्षाको लागि मन्त्रालयमा निवेदन परेको छ ।

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्य चोक स्थित आफ्नै घरको भान्सा कोठामा घरपरिवारको मिलिमतो र डिजाइनमा सुस्मिताको हत्या गरिएको थियो । अदालतमा २०७९ पुस १८ गते पेशी रहेकोले आरोपीहरुबाट शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकृत लिलाधर अवस्थीको हस्ताक्षरित पत्र प्रहरी प्रधान कार्यालय नक्साल, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई पत्र पठाइएको छ ।

विगत एक वर्षदेखि सो हत्या विभत्स घटना भएकोले यसलाई समाधानका लागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने कपिलवस्तु प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । सुस्मिता हत्याकाण्डको विषयमा सक्ने सहयोग, समन्वय र सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाए ।

सुस्मिताका ठुलो बुवा हेम बहादुर खड्काले भने–“हामी यो दुई बर्षे अवधिमा पटकपटक हेटौडा अदालत पुग्यौं तर अदालतमा विभिन्न बहाना गराउँदै पटकपटक पेशी स्थगित गरियो । कपिलवस्तुदेखि हेटौंडा जानको लागि निकै खर्चिलो भएकोले मिल्छ भने जिल्ला परिवर्तन गरेर कपिलवस्तु आसपासका जिल्लामा ल्याउन पनि अनुरोध गर्दछौं । बर्षातको समय सुरु भएसँगै यातायातमा पनि समस्या हुने भएकाले कपिलवस्तु नजिकको जिल्लामा ल्याउन माग गर्दछौं ।”

सुस्मिताको २०७७ असार १ मा हत्या भएको थियो । अहिले उनको हत्याकाण्डको करिब साढे दुई बर्ष बितिसकेको छ । मुद्दा सुनुवाइ गरिरहेका चार जना न्यायाधीशको यही असार २३ गते हेटौंडा अदालतको कार्यकालको अवधि पनि सकियो । तर मुद्दाको बारेमा फैसला हुन सकेको छैन ।

सुस्मिताका माइती पक्ष पटकपटक न्यायको लागि दुई बर्ष सम्म हेटौंडा जिल्ला अदालत धाउँदा पनि न्याय नपाएपछि पीडितको आशा निराशामा बदलिएको छ । दुई वर्षसम्म मुद्दा हेरिरहेका न्यायाधीशको कार्यकाल सकिएपछि अब आउने न्यायाधीशले पनि यो मुद्दामा यस्तो नअल्मलाउन पीडित पक्षले आग्रह गरेका छन् । पछिल्लो पटक असार ७ र २३ गते पेशी तोकेको भएपनि विभिन्न बहानामा पेशी स्थगीत गरिएको पीडित पक्षको भनाइ छ ।

केही साताअघि मात्र लुम्बिनी मुख्यमन्त्री कुलप्रसाद केसी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल लगायतसँग सुस्मिताका बुबा, आमा, ठुलोबुबा, नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायतको टोलीले ज्ञापन पत्र समेत बुझाएको थियो । नेपाल स्वयंसेवक संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पौडेलेको वर्ष पुस्तक पूर्व समीक्षा कार्यक्रममा यो घटना जिल्लाकै नभएर मानवलाई अहित रहेको बताए । बर्षाैंदेखि यस घटनाबारे आवाज उठाउँदै आएको समेत पौडेलले जनाए ।

कपिलवस्तुबाट विवाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा २०७७ असार १ गते परिवार मिलेर तड्पाइतड्पाई हत्या गरिएको थियो । सो घटनामा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासु तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीया नन्द सीता थापा समेत रहेका थिए ।

अहिले उनीहरु कारागारमा छन् । हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिलको कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिसकेको अवस्था छ भने अरु तीन जना (दुर्गा, तुल्सा र अरुण) लाई आजीवन कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको छ । तर न्यायाधीशले समयमा फैसला नगर्दा पीडित परिवार आक्रोशित छन् । घटनामा संलग्न रहेका आरोपीले सजाय पाउनुपर्ने भन्दै पीडित परिवारले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?