ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’ 

८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बुटवल–नारायणगढ सडक निर्माणमा फेरी पनि ढिलासुस्ती भइरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अव पनि ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।

अबको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना तिराउनेदेखि ठेक्का तोड्नेसम्मको चेतावनीपछि निर्माण व्यवसायीले अहिले कामलाई तीब्रता दिएको छ । तर, निर्माणको कामको निरिक्षण गर्नै आउनुपर्ने अवस्था किन आयो ? यो प्रश्नको जवाफ निर्माण व्यवसायीले दिनैपर्दछ ।

ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले अझैपनि म्याद थप गरेर आयोजनाको काम लम्ब्याउने प्रयास गरिरहेको देखिएको छ । तर, अब अति भैसकेको छ । अव यो बर्षा अघि नै निर्माणको काम पूरा भएन भने जनता समेत सडकमा उत्रिनुपर्ने अवस्था आउने छ । आशा गरौं त्यो अवस्था नआओस् ।

मन्त्री घिसिङले समेत सडक विस्तारमा केही सुधार भएको तर सन्तोषजनक नभएको बताएका छन । यद्यपि असारसम्ममा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले सम्पूर्ण काम सम्पन्न गरेर प्रोजेक्ट नै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा विश्वास गरिहाल्ने अवस्था भने छैन । अव कुनैपनि हालतमा म्याद थपिनु हुँदैन ।

हालसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो समय तेस्रो पटक थपिएको म्याद साउन ७ गते सकिँदैछ । अबको आठ महिनाभित्रमा सवै काम सम्पन्न गर्नुपर्नेछ । पुल निर्माणको काम नै बाँकी रहेकोले यो आयोजना समयमै सरकारलाई हस्तान्तरण गर्ने कुरामा आशंका पैदा भएको छ ।

कावासोतीको केरुङ्गे खोला, चोरमारा र आरुङखोलाको पुल निर्माणको काम अझै सकिएको छैन भने चोरमारा, आरुङखोला र दुम्किवासको बजार क्षेत्रमा एकतर्फी सडक कालोपत्रे हुन पनि सकेको छैन ।

ठेकेदार कम्पनीको कतिसम्म लापरवाही छ भने मन्त्री घिसिङ सडक अनुगमनमा आउने जानकारी पाएपछि रातिसम्म कामदारलाई सडकमै उतारिएको थियो । कामदार हातमा मोबाइलको लाइट बालेर सडक छेउमा उभिएका थिए ।

बिचबिचमा गाडीबाट ओर्लेर सडकको अनुगमन गर्दा कामदारले काम गरेको जस्तो गरे पनि मन्त्री अघि बढेपछि कामदार पनि घर फर्किरहेका थिए । यसरी सरकारको आँखा छल्न देखावटी काम गर्ने परिपाटीले फेरी पनि समयमा काम नसकिने अवस्था देखिएको छ ।

आयोजनाका अनुसार आउँदो बर्खा अगाडि नै काम सम्पन्न गर्न ताकेता गरिएको छ । दाउन्ने खण्डमा यात्रा गर्दा यात्रुले सास्ती खेप्नु परेकाले यो क्षेत्रमा सडक निर्माणको काम छिटो पूरा गर्नुपर्नेमा उल्टै ढिलाइ भएको छ ।

निर्माण व्यवसायीले चाहेमा कुनैपनि आयोजना निर्धारित मितिमै सम्पन्न हुन्छ भन्ने कुरा देशका धेरै आयोजनाले उदाहरण प्रस्तुत गरेका छन तर खोइ किन यो सडक निर्माणमा ठेकेदार कम्पनीले ठूलो लापरवाही गरिरहेको छ ।

वि.सं. २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा कूल ११३ किलोमिटर सडक अहिलेसम्म बल्ल ७७ प्रतिशत पूरा भएको छ ।

यो सडकमा भइरहेको निर्माण ढिलाईले नेपालको विकास आयोजनाको काम कसरी कछुवा गतिमा छन भन्ने कुरा चरितार्थ हुन्छ । बुटवल नारायणगढ सढक खण्डको निर्माणमा भएको लापरवाहीले त्यस क्षेत्रका जनता विगत ६ बर्षदेखि चरम पीडामा बाँच्न विवस छन् । स्थानीय जनताले थुप्रैपटक सडक बन्द गरे ।

आन्दोलनको आँधीबेहरी सिर्जना गरे तर सडक निर्माणको काम कछुवा गतिमा भइरहेको अवस्था छ । अहिले पनि कामको गराई हेर्दा चिन्ता मान्नुपर्ने अवस्था आएको छ । यद्यपि यो सडकको यात्रा अहिले धेरै सहज भएको छ ।

ठूला आयोजनामा नेतादेखि मन्त्रालयका सचिव र आयोजना प्रमुखको समेत मिलेमतो हुने गरेको आरोप लाग्दै आएको अवस्थामा समय लम्ब्याउने खेलमा कतै चलखेल छ कि भन्ने आशंका उब्जिएको हो ।

आशा गरौं त्यो अवस्था अव चाहिँ नहोस् । अबको निर्धारित मिति साउन ५ गतेभित्रै यो आयोजना सम्पन्न होस् । यसमा निगरानी, अनुगमन, निरिक्षण, ताकेता गर्नुपर्ने निकायले आफ्नो जिम्मेवारी ठिक ढंगले निर्वाह गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?