ट्रेंडिंग:

>> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु 

स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी

८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बुटवल, ०८ पुस ।

बुटवलको औद्योगिक प्रदर्शनीमा स्थानीय साना तथा ठुला उद्योगबाट उत्पादन भएका सामग्रीहरू धेरै देख्न पाइन्छ । प्रदर्शनी प्रवेशको मुखैमा रहेको कपिलवस्तु ग्लास फाइबर इन्डस्ट्रिज छ ।

बुटवलको औद्योगिक क्षेत्रमा रहेको उद्योगले फाइवरबाट उत्पादन भएका घरायसी सर सामानहरू उत्पादन र बिक्री गर्दै आइरहेको छ । यहाँ फाइवरबाट उत्पादन भएका सरसामानहरू बिक्रीका लागि राखिएको छ ।

फाइवरबाट उत्पादन हुने साना बच्चाहरूका लागि टेबल कुर्ची, बच्चाहरूका लागि विभिन्न प्रकारका खेलौना, घरमा आवश्यक पर्ने अति आवश्यक सामानहरू तरकारी रोप्नका लागि आवश्यक पर्ने गमला घरमा सजाउने विभिन्न सामग्री, फाइवरबाट तयार गरिएको शौचालय, आधुनिक ढोका लगायतका सामानहरू प्रदर्शनमा राखिएको छ ।

त्यसै गरी प्रदर्शनीमा किन्न आउने ग्राहकका लागि प्रत्येक सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इन्डस्ट्रिज कर्मचारी होमबहादुर रायमाझीले बताए । उनले यहाँ आउने धेरै जसो ग्राहकले आफ्नो स्टलमा एकै छिन अवलोकन गर्ने गरेको बताए ।

उनले यहाँ उत्पादन भएको सामानहरू अति आवश्यक पर्ने हुँदा पनि एकै छिन धेरैजसो ग्राहकहरू यहाँ रोकिने गरेको रायमाझी भनाई छ । यहाँ न्यूनतम १ हजार देखि ८ लाख सम्मका सामानहरू बिक्रीका लागि राखिएको छ ।

यसै गरी महिला उद्यमीद्वारा हातबाट बनेका सामग्रीहरूको प्रदर्शनी नामको स्टल छ । सञ्चालक रेखा थापाका अनुसार स्थानीय दिदी बहिनीहरूले फुर्सदको समयमा उत्पादन गरेको जुत्ता चप्पल, ब्यागहरू प्रदर्शनीमा बिक्रीका लागि राखिएको बताइन । उनले महिला दिदी बहिनीहरूले समयको सदुपयोगमा निर्माण गरेका सामानहरू प्रदर्शनीमा राखेको बताइन ।

महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन बुटवल उपमहानगरपालिकाले दिएको स्वरोजगार तालिमपछि तयार पारेको धेरै सामानहरूलाई आफूहरू विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा लगेर बिक्री गर्ने गरेको बताई ।

बुटवल प्रदर्शनीमा निःशुल्क स्टल पाउँदा व्यवसाय गर्न धेरै महिला दिदीबहिनीहरूलाई हौसला मिलेको थापाको भनाइ छ । यो प्रदर्शनीमा बुटवल आसपासमा रहेको धेरै जसो साना तथा घरेलु उद्योगका स्टलहरू धेरै देख्न पाइन्छ । त्यसमध्ये पनि महिलाहरूले सञ्चालन गरेका अचार, हस्तकलाका सामान, श्रृगारका सामग्रीहरू प्रदर्शनी देख्न सकिन्छ ।

बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव २०८२ मा विभिन्न प्रकारका स्टलहरू सञ्चालनमा रहेका छन् । रुपन्देही उद्योग सङ्घले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रदर्शनीमा उद्योग, कृषि, प्रविधि, हस्तकला, खाद्य वस्तु, फर्निचर तथा स्थानीय उत्पादनसँग सम्बन्धित स्टलहरूले मेलालाई आकर्षक बनाएका छन् ।

प्रदर्शनीमा स्वदेशमै उत्पादन भएका विभिन्न वस्तुका स्टलहरू विशेष आकर्षणका रूपमा रहेका छन् । त्यसमध्ये गुल्मी जिल्लाबाट ल्याइएका उत्पादनहरूले धेरैको ध्यान तानेका छन् । प्रदर्शनी स्थलमै गोरुबाट उखु पेलिएको उखुको खुदो खान र खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

गुल्मीको थोर्गाबाट ल्याइएको उखु परम्परागत तरिकाले पेलिदा दर्शकहरू उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । गोरुले उखु पेल्ने दृश्य पहिलेका आकर्षण देखिन्छ । यसरी पेलिएको ताजा उखुको खुदो प्रदर्शनीमै बिक्री वितरण भइरहेको छ । खुदोसँगै सोही स्टलमा सिन्की, फापरको पिठो, कोदाको पिठो, गुल्मीको गुड लगायत पहाडी जिल्लामा उत्पादन भएका वस्तुहरू समेत राखिएका छन् ।

प्रदर्शनी स्थलभित्र नेपाली काठबाट निर्मित विभिन्न फर्निचरका सामग्रीहरू पनि छन् । घरेलु काठ प्रयोग गरी बनाइएका कुर्सी, टेबल, दराज लगायतका सामानले स्वदेशी काठ उद्योगको सम्भावना देखाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?