Butwal Today

लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद

७ पुष २०८२, सोमबार
अ+
अ-

लमही, ७ पुस ।

लमही नगरपालिका–९ स्थित ट्रक समितिको कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले बिलबिजक प्रक्रिया पूरा नगरी राजस्व छली गरी ल्याइएका करिब साढे तीन लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

बिहान करिब ६ बजे, इलाका प्रहरी कार्यालय अमिलिया, दाङबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध रूपमा ढुवानी गरिएका विभिन्न उपभोग्य तथा घरेलु सामग्री फेला पारेको हो ।

प्रहरीका अनुसार कार वास ३सय ३ लिटर, ह्यान्ड वास २ सय ३० लिटर, डिस वास १ सय ८० लिटर, कटनको तन्ना ८ सय ३८ थान र सिरानीको कभर ७ सय ९५ थान बरामद गरिएको छ। बरामद सामग्रीको कुल मूल्य रु. ३ लाख ३० हजार ९ सय ९० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै सामानहरू आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?