© २०२३
बुटवल ।
साना किसान कृषि सहकारी संस्था लि करहियाको सातौँ अधिवेशनले सकुन्तला सुनारी मगरको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला कुमारी भट्टराई, सचिव सुशिला पौडेल, कोषाध्यक्षमा टिका तिमिल्सिना चयन भएका छन् ।
त्यसै गरी सदस्यहरूमा सुभावती थारु, सुभकला क्षेत्री, अनिता चौधरी, कमला थापा शिला चौधरी चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजकमा सञ्चिता सिंह र सदस्यहरूका उषा, श्रेष्ठ र गीता पङ्गेनीलाई चयन गरेको छ ।
साना किसान कृषि सहकारी संस्था लि करहियाको २१ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै संस्थाका नि वर्तमान अध्यक्ष झुपा न्यौपानेले सहकारीले निकै दुखका साथ सहकारी यहाँ सम्म ल्याएको भन्दै आगामी दिनमा पनि सहकारीको साखलाई बचाई राख्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै सहकारी विज्ञ सुकदेव न्यौपानेले सबै दिदी बहिनीहरूले कुन न कुनै पेसा र व्यवसायमा लागेर आफूलाई उक्त राख्न आग्रह गरे । उनले सहकारी संस्थाहरूका मालिक सदस्यहरू भएकाले चनाखो हुन आग्रह गरे ।
कार्यक्रममा सहकारीमा रहेका जेष्ठ नागरिक, असल सदस्य लगायतहरुलाई सम्मान गरिएको व्यवस्थापक शिवा पौडेल ले जानकारी दिइन ।