© २०२३
सल्यान, ६ पुस ।
सल्यानमा दाउरा बोक्न गएको ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ५ तितेपातलस्थित भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा रुकुम पश्चिम त्रिवेणी- ३ झुल्नेटा निवासी २१ वर्षीय ट्याक्टर चालक सुरेश बिक घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा लगिएकोमा आइतबार राति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबार साँझ रुकुम पश्चिम झुल्नेटाबाट सल्यान दार्मा गाउँपालिका-५ तितेपातल सामुदायिक वन तर्फ दाउरा लिन जाँदै गरेको क.प्र.०२०१ त ०४४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- ४ खम्चेरीका २६ वर्षीय पूर्ण बहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए