Butwal Today

मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु

६ पुष २०८२, आइतबार
अ+
अ-

लमही, ६ पौष  ।

दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज आइतबारदेखि खेलकुद सप्ताह सुरु भएको छ ।

विद्यार्थीहरूलाई खेलकुदप्रति जागरूक बनाउन र उनीहरूमा रहेको क्षमतालाई उजागर गर्नका लागि कलेजको वार्षिक कार्यक्रम अनुसार खेलकुद कार्यक्रम सुरु गरिएको कलेजका कलेज प्रमुख लालमणी वस्यालले जानकारी दिए ।

खेलकुद सप्ताहमा हाजिर जवाफ,चेस, कपर्दी, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, फुटसल, तातो आलु,डोरी तान्ने प्रतियोगिता लगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरूले कक्षागत समूह बनाएर भाग लिएका छन् । खेलकुद सप्ताह आगामी शनिबारसम्म चल्ने छ ।

खेलकुद सप्ताहको आइतबार एकबिच शुभारम्भ गरिएको छ ।  कार्यक्रम कार्यक्रममा कलेजका कोर्डिनेटर प्राध्यापक कृष्ण बहादुर केसी, कलेजका रिसर्च कोर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का,कलेजका पूर्व प्रमुख बामदेव लामिछाने, परीक्षा कोर्डिनेटर सन्दीप न्यौपाने,  प्राध्यापकहरू यज्ञ केसी,  कुमारराज श्रेष्ठ,  निर्मल गौतम, श्याम कुमार आचार्य,  कमल रेग्मी, सुरज गुप्ता, नवीनकुमार गौतम लगायतकाले वक्ताले खेलकुद सप्ताहले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको अतिरिक्त क्षमता विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

यसैबिच खेलकुद सप्ताहको पहिलो दिन आज हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भयको छ । बिबिएस र एमबिस कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेसनल कलेजले दाङकै पुरानो र लोकप्रिय  कलेजका रूपमा आफूलाई  स्थापित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?