दाङ ।
दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा तथा नवौ अधिवेशन शनिबार घोराहीमा शुरु भएको छ ।
खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले भरतपुर खानेपानीले उपभोक्ता मैत्री कार्यक्रम गरेर सबैलाई शुद्ध पिउने पानी खुवाउने ब्यवस्था मिलाइएको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्न आग्रह गरे । उनले सबै नागरिकको पहिलो अधिकार खानेपानी भएको बताए ।
सोही कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १७ का सदस्य भद्रबीर चौधरी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यवाहक अध्यक्ष भरतमणी पाण्डे, चौघेरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भेषराज आचार्य, उपभोक्ता रेवतीरमण भट्टराई, संस्थाका उपाध्यक्ष जंगबहादुर जिसी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सस्थाका सचीव एकेन्द्रबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम बोल्दै संस्थाका अध्यक्ष गौतमले समय अनुकुल सस्थालाई प्रबिधि मैत्री कार्यक्रम लागू गरि सेवा प्रक्रिया थालिएको जानकारी गराए ।
उनले पानी ट्याङ्कीमा पानीको मात्रा र मोटर संचालन प्रक्रिया मोवाईल एप बाटै संचालन तथा अवलोकन गर्ने व्यवस्था मिलाएको बताए । संस्थाको आफ्नै मोवाईल एप (Bharatpur water supply) रहेको छ त्यस एपमा उपभोक्ताले धारा जडान गर्ने देखि हाल सम्मको वितिय विवरण उपलब्ध गराउने, मिटर रिडिङ भएको तर विल हराएमा रिडिङ् गरेकै दिन उक्त विल सो एपमा उपलब्ध हुने,यस संस्थाको पुरानो पाईप लाईन कति साईज, कस्तो अवस्थामा छन सोको विवरण नभएको पाईप फुटन गएमा पाईप लाईन खनेर नै हेनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।
कसैको घर अगाडी पाईप फुटेमा सो जानकारी भएमा कुन ठाँउमा पाईप फुटेको हो सोको लोकेशन (ठाँउको वास्तवविक स्थान) थाहा पाउन तथा पुराना भौतिक संरचना र नयाँ पाईपलाईन तथा भौतिक संरचनालाई एककृित गरी एकै ठाँउमा मिलाई त्यसको विवरण डिजिटल गर्ने उदेश्यले गत भदौ महिनाबाट जि.आई.एस प्रणाली शुरु गरिएको अध्यक्ष गौतमले जानकारी दिए । अध्यक्ष गौतमले अहिले उपभोक्ताको धारामा दैनिक कम्तीमा १० घण्टा पिउने पानी उपलब्ध गराइराखिएको बताए ।
अधिबेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पौष ७ गते सोमबार उमेदवारको मनोनयन दर्ता र पौष १२ गते शनिबार मतदानको कार्यक्रम तय गरिएको कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिएका छन ।भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हाल १ हजार ४ सय ८६ जना उपभोक्ता रहेका छन ।