Butwal Today

दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन 

६ पुष २०८२, आइतबार
अ+
अ-
नवलपरासी पश्चिम् ।
दाउन्ने खण्डको काम ढिलाई नगरी चाँडो सक्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्देशन दिएका छ्न । गएराती दाउन्ने खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माणाधीन बुटवल नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्डको काम जनवरी सम्म काम सक्न निर्देशन दिएका हुन ।
निर्माण कम्पनीले सो खण्डको कामलाई तिब्रताका साथ अघि बढाउने १० वटा समूह बनाएर जनवरी सम्म एकतर्फी कङ्क्रीट को काम सक्ने गरि निर्माण स्थलमा खटाउने प्रतिबद्धता जनाएको बताउँदै मन्त्री घिसिङले सहज रुपमा यातायात आउजाउ गर्ने बाताबरण बनाउन निर्देशन दिए ।
बिगतको तुलनामा पछिल्लो समय कामले गति लिएपनी सन्तुष्ट हुने गरी काम नभएको उल्लेख गर्दै मन्त्री घिसिङले सरकारले यो सडकका बिषयमा गर्नु पर्ने नितिगत निर्णयहरू पनि यथासक्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?