ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

विश्व ध्यान दिवसको औचित्य

६ पुष २०८२, आइतबार
६ पुष २०८२, आइतबार

पछिल्ला केही वर्षयता जीवनशैलीमा आएको परिवर्तनले तनाव, दैनिक जीवनमा अस्तव्यस्तता र कामको अतिरिक्त बोझले विभिन्न रोगहरू निम्त्याएको छ ।

यही कारण मानिसमा अशान्ति, चिन्ता, अल्जाइमर्स, डिप्रेसन, मधुमेह, मुटुका रोगहरू, मोटोपन, बाँझोपन आदि जस्ता स्वास्थ्यसँग सम्बन्धित रोगहरू बढ्दै गइरहेका छन् । यसको निदानका लागि मानिसले धेरै प्रयास र प्रयत्न गर्दै आएको छ ।

फलस्वरूप पछिल्लो समय मानिसको आकर्षण योग तथा ध्यानतर्फ केन्द्रित भइरहेको छ । तनाव कम गर्ने कारणहरूको खोजी गर्दै गर्दा मानिसमा ध्यानले आकर्षण गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घले पनि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

२०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्र सङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । जस अनुसार आज आइतबार देश भरी योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरि ध्यान दिवस मनाइने भएको छ ।

ध्यानमार्फत व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन् । अन्यले ज्ञान मार्ग, योग मार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन् । यही नै ध्यान मार्ग हो । ध्यानले आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ । ध्यान आत्म चिन्तनको शक्तिशाली माध्यम हो ।

विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउँछ । त्यसैले आजको दिन विशेष गरी तनाव व्यवस्थापन, आत्म चिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन कार्यक्रम, सेमिनार र कार्यशालाहरू आयोजना गरिँदै आएको छ ।

त्यसो त विश्वभर ध्यानको जागरण बढिरहेको छ । ध्यान अब स्वस्थ समाजको लागि नभई नहुने कुरा भएको प्रमाणित भइसकेको छ । यो दिन प्रकृतिको ऊर्जा सबैभन्दा गहिरो र स्थिर अवस्थामा हुने विश्वास गरिन्छ । यसैले यो समय आत्म निरीक्षण, आत्म शुद्धि र आन्तरिक रूपान्तरणका लागि उपयुक्त मानिन्छ ।

नेपाल जस्तो ज्ञान र योग प्राणायामको तपो भूमिको लागि त ध्यान दिवसको घोषणाले कालान्तरमा धेरै फाइदा पु-याउँदछ । नेपाल हिमालको काखमा अवस्थित ध्यान, योग र साधनाको प्रमुख केन्द्र हो । भगवान् शिवले यहीं ध्यान र साधना गर्नुभएको थियो । उहाँका शिष्य सप्त ऋषिहरूले यसलाई फैलाएका थिए ।

२५६५ वर्षअघि सिद्धार्थ गौतमबद्धको जन्म भएको नेपाललाई ध्यान र योगको वैश्विक केन्द्र बनाउन सकिन्छ । त्यसैले यो समय ध्यान गर्नेहरूको लागि सबैभन्दा ठुलो चाड हो, उत्सवको समय हो । यो दिनले हामीलाई आन्तरिक शान्ति, समर्पण र आत्म समाधानको मार्गमा अघि बढ्न प्रेरित गर्छ ।

शरीरलाई स्वस्थ राख्न दैनिक व्यायाम जस्तै मनलाई स्वस्थ र स्थिर राख्नु आवश्यक छ । एक दिन ध्यान दिवस मनाउँदा प्रेरणा मिल्छ, तर सच्चा परिवर्तन नियमित अभ्यासबाट मात्र सम्भव छ । जेहोस ढिलै भएपनि संयुक्त राष्ट्र सङ्घले ध्यान दिवस मनाउने औपचारिक निर्णय गरेर स्वागतयोग्य काम गरेको छ ।

यी बाहेक यस्ता दीर्घकालीन समस्याको समाधानको अर्को माध्यम योग हो । योगले मन, शरीर र मस्तिष्कलाई जोडेर एकाकार बनाउँछ । कम्तीमा पनि ३ देखि १२ हप्तासम्मको नियमित योग अभ्यासबाट जीवनशैली सम्बन्धी समस्याहरूको समाधान हुने विश्वास गरिन्छ ।

योग अभ्याससँगै दीर्घ रोगहरू समाधान गर्ने अर्को निकै महत्त्वपूर्ण विधि हो ध्यान । ध्यानलाई निकै जटिल अध्ययनको क्षेत्र मानिन्छ तापनि विगत ४० वर्ष अघिदेखि नै यस विषयमा विभिन्न अनुसन्धानहरू भई विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू समेत हासिल भएका छन् ।

व्यक्तिलाई शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक स्वास्थ्यको उच्चतम तहसम्म पु¥याउन जतिसुकै सुख सुविधा प्राप्त भए तापनि जीवनशैलीका कारण प्रायः असम्भव भएको छ । यस्तो अवस्थामा ध्यान एउटा त्यस्तो सशक्त माध्यम हो, जसले व्यक्तिको सर्वाङ्गीण विकासमा मद्दत गर्छ । तसर्थ ध्यान दिवसलाई सार्थक बनाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?