© २०२३
बुटवल, ५ पुस–
बुटवल उपमहानरपालिका –२ मा रहेको फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताको लागि न्युनतम् ७० रुपैयाँमा १५ युनिट सम्मको दिने भएको छ । तेस्रो साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हिक बहादुर बहादुर दर्लामीले विगतका बर्षमा १२ युनिट सम्म लाई ७० रुपैयाँमा मा दिने गरी निर्णय गरिएको जानकारी गराएका हुन ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै दर्लामीले पानि सर्वशुलभ हुनुपर्ने र उपभोक्ताले स्वच्छ, सभा पानी उपभोग गर्न पाउनुपर्ने गरी व्यवस्था गरिएको जानकारी गराएका थिए ।
साधारण सभामा बोल्दै बुटवल उपमहानरपालिका वडा नम्बर २ का अध्यक्ष शुनिल शाक्यले उभोक्ताको माग अनुसार नै बुटवल खानेपानीले काम गर्दै आएको बताउँदै पानिको शुद्धिकरणमा विशेष जोड दिनुपर्ने बताएका थिए ।
मुहानको पानी समेत ल्याएर विक्रि वितरण हुँदै आएको जानकारी पाउँदा खुसी लागेको भन्दै उनले पानि शुद्धिकरणमा जोड दिदै उपभोक्ताको स्वाथ्य अधिकार प्रति सचेत हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा मणीमुकुन्द शेन उद्यान समितिका अध्यक्ष माधव नेपाल, सल्लाहकार रमेश प्रसाद नेपाल, महेश प्रसाद पोखरेल, गंगादेवी घिमिरे सहित खानेपानी संस्थाको तर्फबाट जनआस्था खानेपानीका अध्यक्ष देवी थापा, मेलमिलापकर्ता टिकाराम शर्मा, बुटवल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बाबुरा पौडेल लगायतले शुभकामना दिएका थिए ।
साधारण सभामा कोषाध्यक्ष केशर बहादुर घर्तीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक बलराम काफ्ले ले लेखा समितिको प्रवेदन परेको गरेको सचिव चेतन ठाडा मगरले जानकारी दिए ।