ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव 

५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार
दोहा (कतार), ५ पुस ।
रोयल नेपाल यूथ एसोसियन (ठकुरी ग्रुप) कतारले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा “प्रथम वार्षिकोत्सव, युवा सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम २०२५” भब्य रूपमा सम्पन्न गरेको छ ।
कतारको सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा एक कार्यक्रमको  आयोजना गर्दै यूथ एसोसियन कतारका अध्यक्ष केशु मल्ल ठकुरीको सभापतित्व तथा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
विधिगत रूपमा कार्यक्रमलाई समुद्घाटन गर्दै वार्षिकोत्सवको अवसरमा केक काटेर अघि बढेको कार्यक्रममा कलाकार रोजिना गुरुङले स्वागत नृत्य पेश गरेकी थिइन । प्रवासमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ अभिप्रेरित तथा युवा सचेतना सम्बन्धी अन्तरक्रिया,गर्दै समाजसेवी सागर नेपालले परिवारको सपना बोकेर प्रवास पसेका हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले मातृंभुमीको प्रतिको जिम्मेवारी न भुल्न आग्रह गरे
उनले प्रवासको जागिर छ त परिवारको सपना छ,आमाको सपना छ,आमाको सपना पुरा गर्नु हरेक छोराछोरी दायित्व रहेको हुँदा आफूले काम गर्ने कम्पनी र कर्म भूमि कतारको नियम र कानुनलाई सम्मानका साथ पालना गर्न सुझाव दिए । सागरले पछिल्लो समय प्रवासमा रहेका धेरै जना नेपालीहरूले सामाजिक सञ्जाललाई गलत तरिकाले प्रयोग गरिरहेको औँल्याउँदै नकारात्मक सोच र कुलतबाट टाढा रहन सचेत समेत गराए ।
संस्थाका महासचिव रमेश गुरुङले एक बर्षे कार्यकालको प्रगति विवरण सभामा पेस गरेका थिए । संस्थामा आबद्ध रहेका युवाहरूले कतारमा रहेका सामाजिक संघ,संस्थाहरू सगं हातेमालो गरेर समाजको निमित्त अत्यन्तै सकारात्मक कार्यहरू गर्दै आइरहेको विभिन्न सामाजिक वक्ताहरूको भनाई रहेको थियो ।
नेपालबाट सागीतीक प्रस्तुति दिन कतार सम्म आइपुगेका पर्वते युवा गायक, सारेगमा लिल च्याम्प सिजन-१ का फाइनलिस्ट अरुण सुनारले म झुक्दै न झुक्ने नेपालको छोरो गीत गाउँदै स्टेज चढे,उनले ईश्वर तिमी मेरो उपहार हौ,कलिलो तामालाई सोध रामालाई,वारी जमुना पारी जमुना जस्ता आधा दर्जन आफ्ना सांगीतिक प्रस्तुति राखे । सुनारको साथमा लोक तथा दोहोरी गायिका तारा बिसी,रेश्मी सेन्चुरी लगायत अन्य एक दर्जन कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान समेत गरिएको थियो । त्यस्तै फूलबारी रेस्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेल, मध्यान्ह राष्ट्रिय दैनिकका कतार संवाददाता पत्रकार तिलु शर्मा पौडेल,र प्रमुख अतिथि कृष्ण पन्थीलाई संस्थाले दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो
प्रमुख अतिथि कृष्ण पन्थीले कार्यक्रमलाई सम्बोधन गर्दै रोयल नेपाल यूथ एसोसियनका युवाहरूले कतारमा रहेका नेपाली श्रमिकहरूको हक र हितमा राम्रा काम गर्दै आई रहेको बताए । पन्थीले कतारमा रहेका दुई वटा एनसिसीको कारणले कतारमा स्थापित अन्य संघ संस्था तथा कतारमा रहेका श्रमिकहरूलाई समेत अप्ठ्यारो अवस्था सिर्जना भएकोले अर्को पक्षको एनसिसीलाई एकतामा आउन आग्रह गर्दै आफूले नेतृत्व गरेको एनसिसी कतार  एकताको ढोकामा उभिएको बताए ।
कार्यक्रमलाई समापन गर्दै सभापति ठकुरीले कतारमा स्थापित सामाजिक संस्थाहरू सगं समन्वय गरेर नेपाली फिटनेस टिम कतार र ठकुरी ग्रुप मिलेर एकताको सन्देश र  परिवर्तनको समाज निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले हाम्रो सानो प्रयासले समाज परिवर्तनको निमित्त थप सफलता मिल्छ भने युवाहरू हरदम तत्पर र एकाग्रता भएर अगाडी बढ्न आग्रह गरे । कार्यक्रम संयोजक राजेन्द्र मल्ल ठकुरीले स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सुरत शाहीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?