© २०२३
कपिलवस्तु, १२ पुस ।
सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ । नेपालमा संचार र प्रविध विषयमा पत्रकारिता अध्ययन गराउँदै आएको नेपालकै पहिलो कलेजले महासंघको प्रदेश समितिको सिफारिसमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीको लागि बिशेष छुटको व्यवस्था गरेको क्याम्पसकी प्रमुख कविता शर्माले बताईन् । कपिलवस्तुको तौलिहवामा सञ्चारकर्मी सँगको अन्तत्र्रिmयामा बोल्दै प्रमुख शर्माले महासंघ प्रदेश शाखाको आग्रह अनुसार प्रदेशको सिफारिसमा भर्ना हुने विद्यार्थीका लागि बिशेष छुट दिन थालिएको जानकारी दिईन् ।
संचार र प्रविधि विषयमा पत्रकारिता विषय पढ्ने विद्यार्थीका लागि सिप र अवसरको ग्यारेन्टी बढी रहेको उनले बताईन् । पत्रकारिता मूल पेशा भएका पत्रकारहरुका लागि शैक्षिक योग्यता अनिवार्य आवश्यक पर्ने भएकाले स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिईन् । प्रविधिको विकाससँगै पत्रकारितामा सुचना र प्रविधिको बिषय अनिवार्य भएकाले पत्रकारको पेशागत दक्षता वृद्धिका लागि समेत सो बिषयको अध्ययन आवश्यक रहेकोमा प्रमुख शर्माको जोड थियो । काठ्माडौ बाहिरका विद्यार्थीले निरन्तर रुपमा कक्षामै गएर अध्ययन गर्न समस्या पर्ने विषयलाई मध्यनजर गरी अनलाईन कक्षा र श्रोत सामग्री सहित थप कक्षाको व्यवस्था गरेर अध्ययनरत विद्यार्थीको सिकाईलाई सहज बनाईएको उनले जानकारी दिईन् ।
पत्रकारितामा लामो अनुभव हासिल गरेका पत्रकारहरुले समेत शैक्षिक योग्यताकै कारण कतिपय अवसरबाट बन्चित हुनु पर्ने समस्या समाधान गर्न कलेजले सञ्चालन गरेको सञ्चार र प्रविधि बिषयमा पत्रकारिता अध्ययनले सहयोग पुर्याउने नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले बताए । पत्रकारितामा जोडिएका नयाँ पुस्तालाई समेत आफ्नै शैक्षिक योग्यता अभिवृद्धि गर्न महासंघले प्रोत्साहित गर्ने उनले बताए । पत्रकार महासंघको समन्वयमा कलेजले विद्यार्थीका लागि बिशेष छुटको व्यवस्था गर्नु सह्रानीय कार्य भएको बज्राचार्यको भनाई थियो । कार्यक्रममा पत्रकार महासंघका मधेश विभागका सदस्य मनोज कुमार श्रीवास्तव, केन्द्रीय अनुशासन विभागका सदस्य खग प्रसाद चापागाई, अकोरावका पुर्व केन्द्रीय उपाध्यक्ष तुलसीराम यादव सहितका पत्रकारहरुको सहभागिता रहेको थियो । काठमाण्डौमा रहेको सेफर्ड कलेजले निरन्तर संचार र प्रविधि बिषयको मास्टर ईन मिडिया टेक्नोलोजी (एमएमटी) र ब्याचलर ईन मिडिया टेक्नोलोजी (बिएमटी) का कक्षाहरु सञ्चालन गर्दै आएको छ ।