Butwal Today

अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा

५ पुष २०८२, शनिबार
अ+
अ-
दाङ, ४ पुस ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन्।
नेपाल पत्रकार महासंघ दाङको ३३ औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष शर्माले कुनै न कुनै बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको उल्लेख गरिन ।
यस्ता गतिविधिहरूलाई पत्रकार महासंघले स्वीकार नगर्ने उनको स्पष्ट धारणा थियो । ‘पत्रकार महासंघ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतासाथ उभिएको छ र भविष्यमा पनि उभिरहनेछ, ‘अध्यक्ष शर्माले भनिन्, ‘यो अभियान महासंघले निरन्तर अघि बढाइरहेको छ।’  नागरिकले  सोसलमिडियामा आउने गलत कुरालाई  बिश्वास गर्न नहुने र तथ्य जाच गरेर मात्र सुसूचित हुनुपर्ने बताइन् ।
पत्रकार महिलालाई  चुनौती छ तर पनि पत्रकारिता पेसालाइ निरन्तरता दिनुपर्ने उनको धारणा थियोे ।  अध्यक्ष शर्माले  पत्रकारले सामाजिक संजाल प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने  बताइन्  ।
  पत्रकार महासंघ  दाङका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले चौथो अंगलाइ  पहिलो बनाउनुपर्न बताए ।  देश बिकासको लागि पत्रकार बिभाजित नभएर अघि बढ्नुपर्ने बताए ।   पत्रकारितालाइ बचाउनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए ।
घोराही उपमहानगरपालिका  उपप्रमुख हुमा डिसीले पत्रकारको सुरक्षा र रोजगारको ज्ञारेन्टी हुनुपर्ने बताइन ।  घोराही  उपमहानगरपालिका  सधैं  पत्रकारको साथमा  रहेको बताइन्   ।
नेपाल पत्रकार महासंंघका केन्द्रीय सचिव सबिन प्रियासनले पत्रकारले आफुलाइ सुधार गरेर काम गर्नुपर्ने र  पहिलो अंगका रूपमा  स्थापित हुनुपर्ने बताए ।
  पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष  शुक्रऋषि  चौलागाईंले   पत्रकारले आचारसंहितामा रहेर काम गर्नुपर्ने बताए ।  पत्रकारले पालना गर्ने आचारणका कारण खतरा आउने भएकाले  आफुलाइ सच्याउन जरुरी रहेको बताए  । उनले गलत गर्नेलाइ प्रश्न उठाउने र खबरदारी गर्न छोडनु नहुने  बताए   । कार्यक्रममा  विभिन्न सञ्चार माध्यममा कार्यरत २१ जना पत्रकारलाई पुरस्कार तथा सम्मान गरिएको थियोे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?