ट्रेंडिंग:

>> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारसँग प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार
लमही , ४ पुस
दाङको धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, धानखोला–लमही सडक चार लेन विस्तार संघर्ष समिति र स्थानीय सरोकारवालाहरूले संयुक्त रूपमा शुक्रबार मन्त्री घिसिङलाई पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा धानखोला–लमही सडक पूर्व–पश्चिम राजमार्गको अत्यन्तै महत्वपूर्ण खण्ड रहेको उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिने यस सडकखण्डमा भालुबाङ, सिसहनियाँ र लमहीजस्ता व्यस्त बजार क्षेत्र पर्ने, दैनिक सयौँ सवारी साधन सञ्चालन हुने तथा घना बस्ती विकास भइसकेको अवस्थामा दुई लेनको सडक अपर्याप्त हुने जनाइएको छ।
सडक साँघुरो हुँदा ट्राफिक जाम, सवारी दुर्घटना तथा पैदल यात्रुहरू जोखिममा पर्ने समस्या बढ्दै गएको उल्लेख गर्दै चार लेनमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। बहुलेन सडक निर्माणले यातायात व्यवस्थापन सहज हुने, दुर्घटना न्यूनीकरण हुने, व्यापार–व्यवसाय, पर्यटन तथा कृषि उत्पादनको ढुवानी प्रभावकारी भई स्थानीय अर्थतन्त्र मजबुत हुने विश्वास व्यक्त गरिएको छ।
सडक साँघुरो हुँदा ट्राफिक जाम, सवारी दुर्घटना र पैदल यात्रु जोखिम बढ्दै गएको उल्लेख गर्दै, चार लेनमा स्तरोन्नति गर्दा यातायात व्यवस्थापन सहज हुने, दुर्घटना न्यूनीकरण हुने, व्यापार–व्यवसाय, पर्यटन र कृषि उत्पादनको ढुवानी प्रभावकारी हुने उल्लेख गरिएको छ।
दीर्घकालीन शहरी विकासलाई ध्यानमा राखी सघन शहरी मापदण्डअनुसार सडक निर्माण गर्न सके भविष्यमा पुनः विस्तारको आवश्यकता कम हुने, सहज यातायातले इन्धन खपत घट्ने र वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने उल्लेख पत्रमा गरिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले एमसीसी परियोजनाअन्तर्गत हाल स्वीकृत डिजाइन परिवर्तन गर्न सम्भव नभएको बताए। उनले हालको परियोजना अनुदान सहयोगका रूपमा आएको उल्लेख गर्दै यसकाे कार्यनयनमा सबैको सहयोग आवश्यक रहेको बताए
त्यस्तै मन्त्री घिसिङले भविष्यमा आवश्यकताअनुसार सरकारले थप बजेट विनियोजन गरी चार लेन वा छ लेनमा विस्तार गर्न सकिने स्पष्ट पार्नुभयो। उनले परियोजना कार्यान्वयनमा अवरोध भए परियोजना फिर्ता हुन सक्ने सम्भावना पनि रहेको जानकारी दिए।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका रत्न तिवारी, नेपाली कम्युनिष्ट पार्टीका श्यामेस चौधरी, राष्ट्रिय जनमोर्चाका बाबुराम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम मल्ल, नेकपा माओवादीका यमलाल कटुवाल, सडक चार लेन विस्तार संघर्ष समितिका संयोजक प्रकाश शाही, सामाजिक अभियन्ता बसन्तराज शर्मा, राप्ती उद्योग व्यापार संघका अध्यक्ष गन्जबहादुर विष्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?