Butwal Today

१ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण 

४ पुष २०८२, शुक्रबार
अ+
अ-

कपिलवस्तु, ४ पुस  । 

कपिलवस्तु नगरपालिका वडा नम्बर २ वर्दहवा स्थित श्री गौतम बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३४ विद्यार्थी बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नेपाल भारत मैत्री सङ्घ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका, नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोग र सिद्धार्थ नेत्रालयको सहकार्यमा सामाजिक विकास परिषद् नेपालको आयोजनामा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

शिविरमा सिद्धार्थ नेत्रालयका प्रबन्धक  सुदन वाग्ले सहित तीन सदस्यीय आँखा स्वास्थ्यको टोलीले बालबालिकाको आँखा परीक्षण गरेका थिए । शिविरमा परीक्षण गराएका बालबालिकामा आँखामा रातोपना, दृष्टि दोष लगायतको समस्या देखिएको थियो । शिविरमा आँखा परीक्षण पछि समस्या देखिएका बालबालिकालाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बालबालिकालाई आँखा स्वास्थ्य बारे संवेदनशील बनाउन शिविर आयोजना गरिएको जनाउँदै नगरपालिकाभित्र रहेका ५२ वटै स्कुलमा शिविर सञ्चालनको आवश्यकता दर्साए ।

नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुका सचिव इन्दिरा देवकोटा, विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल लगायतले आँखाको नियमित परीक्षण गरेर आँखा स्वास्थ्य राख्नु पर्नेमा जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?