ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’ 

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बिहीबारदेखि सुरु भएको छ ।

रुपन्देही उद्योग सङ्घको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका सुरु भएको प्रदर्शनी तथा महोत्सवले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै औद्योगिक जागरण बढाउने विश्वास गरिएको छ । प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सयवटा स्टलहरू रहेका छन् ।

त्यसै गरी स्टलहरूलाई विभिन्न विधाका १० वटा पेभिलियनहरू निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेकोले यसको प्रचार प्रसारले यस क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीले बुटवलको परिचय थपेको छ भने बुटवलको आर्थिक विकासमा यसको योगदान अत्यन्त सार्थक र महत्त्वपूर्ण हुने ठानिएको छ । प्रदर्शनीको आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य आफैमा महत्त्वपूर्ण हो ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टलले प्रदर्शनीको महत्व बढाउन अझै भूमिका खेल्ने कुरामा विवाद छैन । बुटवलमा हरेक बर्ष पुस महिनामा हुँदै आएका प्रदर्शनी, मेला र महोत्सवले आफ्नै पहिचान बोकेका छन ।

खासगरि यो प्रदर्शनीले नेपालका राष्ट्रिय उद्योग र तिनको उत्पादन प्रवद्र्धनमा टेवा पु¥याउने निश्चित छ । प्रदर्शनीको अर्को मूल उद्देश्य भनेको नेपाली उद्योग र तिनको उत्पादनको प्रचार प्रसार पनि हो ।

तसर्थ यो प्रदर्शनीे यस क्षेत्रमा औद्योगिक जागरण सिर्जना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । त्यसका साथै बुटवल लगायत समग्र रूपन्देहीको आर्थिक गतिविधि बढाउन प्रदर्शनी तथा महोत्सव सहयोगी हुने विश्वास गरिएको छ ।

मेलाले स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन् । त्यसै गरी बुटवलमा आयोजना हुने यस प्रकारका प्रदर्शनी तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न समेत यो प्रदर्शनीको भूमिका हुने कुरामा विवाद छैन् ।

औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको प्रदर्शनीले उत्पादन, सेवा र हस्तकलाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रदर्शनी र महोत्सवले औद्योगिक जागरण सिर्जना गर्नेछ । प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै प्रदर्शनी तथा महोत्सवको सफलता झल्किएको छ ।

अर्कोतर्फ प्रदर्शनीमा औद्योगिक प्रविधि, नेपाली उद्योग र तिनको उत्पादन, अर्गानिक बस्तुको प्रदर्शनीले उद्योग, उत्पादन र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने विश्वास छ ।

उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, पर्यटन संभावनाको क्षेत्र पहिल्याउने, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको समेत आयोजना गरिएकोले प्रदर्शनी तथा महोत्सव सफल हुने कुरामा शंका गरिरहनुपर्दैन ।

यो प्रदर्शनी र महोत्सवको आयोजनाले औद्योगिक जागरण सिर्जना हुने कुरामा शंका गर्नुपर्दैन । पछिल्लोसमय रुपन्देही प्रदर्शनी, मेला र महोत्सवमय वनेका छन् । यस प्रकारका महोत्सवले यस क्षेत्रको उद्योग र व्यापार विस्तार र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवा र मणिग्राममा मेला सम्पन्न भैसकेको छ । बुटवलमा सुरु भएको छ ।

देवदहमा पनि केही दिनमै सुरु हुँदैछ । सैनामैनामा पनि महोत्सवको तयारी गरिएको छ । यसरी आयोजना भैरहेका प्रदर्शनी, मेला र महोत्सवले स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

मेला र महोत्सवका गतिविधिले केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन् । यो अत्यन्त खुसीको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?