ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

निर्वाचनको वातावरण बनाऊ 

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सरकारले निर्वाचनको विश्वसनीय वातावरण वनेको दाबी गर्दै फागुन २१ गते हुने निर्वाचनमा भाग लिन सबै राजनैतिक दलहरूसँग आग्रह गरेको छ ।

सरकार निर्वाचनको तयारीमा लागिरहँदा राजनीतिक दलहरू भने अझै विश्वसनीय वातावरण बन्न नसकेको भन्दै आशङ्का गर्दै आएका छन् । सरकार र निर्वाचन आयोगले आफ्नो तर्फबाट आवश्यक तयारी सुरु गरिसकेका छन् । राजनैतिक दलहरूसँग संवादको ढोका समेत सरकारले खुला गर्दै विभिन्न समयमा छलफल गर्दै आएको छ ।

एक हिसाबले सरकारको बाहिरी आवरण निर्वाचन गराउनेतर्फ अग्रसरता देखिन्छ । निर्वाचन आयोगलाई समेत सरकारले विश्वासमा लिएको अवस्था छ । तर, राजनैतिक दलहरूमा अझै कहिँकतै संशयको अवस्था देखापरेको छ । यो अवस्थामा सरकारले विश्वासको वातावरण वनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

सरकारले सोमबार मात्रै राजनीतिक सम्बाद समिति गठन गरेको छ । यो समितिको काम कर्तब्य र अधिकारको कुरामाथि पनि प्रश्न उठेको छ । निर्वाचनको तयारी हुँदै गर्दा यस प्रकारको राजनीतिक सम्बाद समितिको औचित्य के हो ? सरकारले जवाफ दिनु जरुरी छ ।

सरकार निर्वाचनको तयारीमा लागिसकेको हो र फागुन २१ मै निर्वाचन गराउने हो भने आवश्यक संयन्त्रमाथि अव ध्यान दिनु जरुरी छ । त्यसो त सरकारमाथि अहिले चौतर्फी दवाव छ । निर्वाचन गराउन नसक्ने हो भने सरकारमाथि प्रश्न खडा हुने अवस्था छ ।

एकथरी जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग समेत गरिसकेको अवस्था छ । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेलको अवस्था यही बेला आउन सक्छ । तसर्थ सरकार संयम, जिम्मेवार र होसियार भएर निर्वाचनतर्फको यात्रामा अघि बढोस् ।

मुलुकको तत्कालीन राजनीतिक निकासको निर्वाचनबाहेक अरू माध्यम केही देखिदैन । तसर्थ सरकार निर्वाचनमै केन्द्रित हुनु जरुरी छ । आम नेपाली जनता समेत पछिल्लो बिग्रदो राजनीतिक परिवेशमा आ– आफ्ना प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गर्न आतुर छन् ।

अतः सबै राजनैतिक दलहरूलाई सहमति र विश्वासमा लिएर निर्वाचनको विश्वसनीयता सिर्जनामा सरकारको ध्यान जाओस् । नेपाली कांग्रैस र नेकपा एमाले लगायतका केही दल अझै पनि संसद् पुनर्स्थापनाको आशामा छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ला नगर्ला त्यो भोलिको दिनमा आउने फैसलाबाट स्पष्ट हुनेछ तर देशमा निर्वाचनको वातावरण बनाउने कुरामा कञ्जुस्याई गर्नु हुँदैन ।

मधेशका राजनैतिक दलहरूले पनि निर्वाच बाहेकको विकल्प देखिरहेका छैनन । उनीहरू पनि निर्वाचनलाई नै आधार बनाएर अहिले मधेश केन्द्रित राजनीतिक गतिविधि गरिरहेका छन् । मधेशमा आन्दोलन गरिरहेका दलहरूले उत्तिबेलै निर्वाचनको स्वागत गरेका हुन ।

तसर्थ हिमाल, पहाड, तराई मधेश सवैतिर निर्वाचनको माहोल बनिरहेको अवस्था भएकोले सबै निर्वाचनमा जानुपर्नेमा अर्को विकल्प सोचेर मुलुकलाई अर्को भडखालोमा धकेल्ने काम किमार्थ गर्नुहुँदैन । तसर्थ नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरूले ताजा जनादेशमा जानु नै उत्तम हुनेछ ।

मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको सन्दर्भमा संसद् पुनर्स्थापनाको आशामा अझै रुमल्लिईरहनु औचित्यपूर्ण सावित हुनेछैन । नेकपा अहिले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको बाटोमा रहेकोले महाधिवेशनले सर्वसम्मतरूपमा निर्वाचनमा जाने संकल्प गरोस ।

निर्वाचन आयोग समेत निर्वाचनको तयारीमा होमिईसकेकोले निर्वाचन बाहेक मुलुकको लागि अर्को निकास छैन । यो गंभीर सरोकारको सवालमा सरकार अझै संवेदनशील हुनु जरुरी छ । अव सबै राजनैतिक दलहरूलाई विश्वासमा लिएर निर्धारित मितिभन्दा अघिपछि नगरिकन शान्तिपूर्व निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान जाओस । मधेशमा पनि विस्तारै निर्वाचनको वातावरण वन्दैछ ।

मधेशका नेता कार्यकर्ताहरू आफ्नो लयमा निर्वाचन केन्द्रित गतिविधि गर्न थालेका छनु । अब निर्वाचनको मितिमा दायाँ बायाँ नगरिकन सबै राजनैतिक दल, सरकार, निर्वाचन आयोग निर्वाचनका लागि तयार होउन । सबै राजनैतिक दलहरूलाई निर्वाचनमा संगै लिएर जाने वातावरण निर्माणका लागि सरकार अझै उदार, संवेदनशील र परिपक्व हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?