ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

१२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  ! 

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नवलपरासी, ०२ पुस ।

जिल्लाको सरावल गाउँपालिका वार्ड नं.७ का वार्ड अध्यक्ष हेयात खाँ धुनियाले वार्डभित्रका कक्षा १२ पास गरि विवाह गर्ने युवतीलाई रु.११ हजार विवाह खर्च उपलब्ध गराउने बताएका छन् ।

गरिब विपन्न लक्षित वर्गका युवतीहरूलाई शिक्षामा प्रोत्साहित गर्न र विवाहको बेला केही राहत पुग्ने उद्देश्यले यस्तो कार्यक्रम बनाएको जानकारी गराए । कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी समेत गरेका थिए । यो नौलो रचनात्मक कार्य हो, उनले भने, यसले शिक्षा प्रति प्रोत्साहन र लक्षित बर्गलाई राहत दुवै कार्य गर्ने गरेको छ ।

गाउँपालिकामा दोस्रो पटक पनि जितेर वार्ड अध्यक्ष भएका धुनिया विगत वर्षमा पनि विभिन्न रचनात्मक कार्य गर्दै जनहितका कार्य गरेको बताएका थिए । वडामा नियमित हुने विकास निर्माणका कार्यहरू गराउँदै सामाजिक क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको सुनाएका थिए ।

आफ्नै कार्यकालमा वार्ड कार्यालयको नयाँ भवन, स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गराउनुका साथै गाउँ टोलसम्म आरसिसी गरि हिलो धुलो मुक्त वार्ड बनाएको दाबी गरेका थिए ।

भौतिक पूर्वाधार विकासको रूपमा वडा भित्रका ९० प्रतिशत कार्य सम्पन्न गरेको उनको भनाई थियो । त्यसै गरि वडा भित्रै रहेका जनता मावि विद्यालय लगायत विभिन्न चार वटा सामुदायिक विद्यालयहरू, मुस्लिमका मदरसा तथा हिन्दु पाठशालाको रूपमा रहेको पशुपति शिक्षा मन्दिरमा नियमित लगानी गर्दै शैक्षिक क्षेत्रमा पनि उदाहरणीय कार्य गरेको बताएका थिए ।

बौद्ध धर्मावलम्बीका लागि बौद्ध विहार क्षेत्र निर्माणमा पनि लगानी गर्दै आएको उनले सुनाए । भारतीय नाका भुजहवा समेत सोही वार्डमा परेको हुँदा भुजहवा बजारलाई व्यवस्थित गरिनुका साथै सो क्षेत्रलाई आर्थिक क्षेत्रको रूपमा हाटबजार समेतलाई प्रवर्द्धन गर्ने कार्यमा लागेको बताएका थिए ।

विगतमा सो नाकामा रहेको भुजहवा छोटी भन्सार विस्थापित भएको हुँदा सो छोटी भन्सारलाई पुनर्स्थापन गरि सञ्चालनमा सरकारले ल्याइदिँदा भुजहवा बजारको विकासमा थप टेवा मिल्ने उनको दाबी थियो ।

पर्यटन क्षेत्रका लागि पनि सो वडामा रहेका वर्दघाटे मन्दिर क्षेत्रको विकास पूर्वाधारमा निरन्तर काम भई रहेको र कृषकका सिचाइलाई सौर्य प्रणाली, भूमिगत सिचाइका लागि बोरिगँ सिचाई, कुलो सिचाई, नहर सिँचाइ प्रणाली सबै आयामको विकास गर्दै अहिले सबै क्षेत्रमा सिँचाइको प्रबन्ध मिलाएको उनले जानकारी गराएका थिए ।

सो वडाको प्रमुख चुनौती बाढीको बेला डुबान रहेको हुँदा वडा स्तरबाट ती कार्य गर्न सम्भावना  नहुने हुँदा गाउँपालिका, प्रदेश र सङ्घ सरकारका साथसाथै गण्डक क्षेत्र भएकोले भारतीय पक्ष समेतलाई यो वार्डको डुबान रोक्नका लागि सबैले सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

धनेवा खोला, खजुरा खोला, झरही खोलासँगै लिटिल गण्डकको पानी जम्मा हुने तर भारतीयले बनाएको लक्ष्मीपुर बाँधले जल निकास नहुँदा डुबानको कारण बनेको उनले तर्क राखेका थिए ।

यसका लागि प्रेस, नागरिक समाज र जिल्ला स्थित सरकारी निकायले पहल गर्नु पर्ने उनले आवश्यकता औँल्याएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?