© २०२३
बुटवल, ११ पुस ।
चिसो बढ्दा समस्या भएका गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सामाजिक कार्यमा अग्रसर संस्था रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
एक समारोहका बीच जोन १७ का एजी प्रेम भुर्तेल, छत्रकोट गाउपालिकाका अध्यक्ष गुल्मी राम प्रसाद पाण्डे, क्लबका अध्यक्ष भरत राना, ईलेक्ट प्रेसिडेन्ट कमला हमाल, पुर्बअध्यक्ष रबि पोख्रेलले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाखर पन्त प्रधानाध्यापक जंग बहादुर अर्याललाई हस्तान्तरण गरेका छन् ।
जोन १७ का एजी प्रेम भुर्तेलले रोटरी ईन्टरनेश्नल पोलियो शुन्यदेखि अन्य धेरै सामाजिक कार्यमा विश्वमा पहिचान बनाएको सामाजिक संस्था भएको बताए । नेपालमा प्रत्येक वर्ष शिक्षा, स्वस्थ्य, सरसफाईको क्षेत्रमा धेरै परियोजना चलाएर समाजमा जागरण ल्याउने काममा क्लबहरुको योगदान रहेको समेत उनले दाबी गरे ।
क्लबका अध्यक्ष भरत रानाले सामाजिक उत्तरदायित्व अन्तरगत क्लबमार्फत वर्षभरि नै कार्यक्रम गरिदै आएको बताए । विपन्न विद्यार्थीहरुलाई सहयोग, महिला शसक्तिकरणका लागि सीपमुलक तालिम, एम्बुलेन्स सेवा, अपाङअसहायलाई सहयोगका साथै वार्षिक कार्ययोजनामा रहेको क्लबका सदस्यहरुको क्षमता र भाईचारा विकासका कार्यक्रम समेत गर्दै आएको बताए ।
कार्यक्रमका संयोजक केशब टण्डनले २ सय ५० पिस स्वीटर तथा कापी पेन्सिल लगायत शैक्षिक सामग्रीहरु विद्यालयका अति बिपन्न दलित बस्तीका विद्यार्थीलाई बितरण गरिएको बताए । क्लबका पुर्बअध्यक्ष पिताम्बर ज्ञवाली, भिमराज श्रेष्ठ, उपाध्यक्ष धर्म ज्ञवाली, चुनिया गुरुङ, प्रेमा केसी, बिनिता थापा, सुबिता सैन्जु, मथुरा भण्डारीले सामाजिक रुपान्तरणमा आफुहरु निरन्तर संस्थागत रुपमा अघि बढने बताए ।
सामजिक
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी