Butwal Today

सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

१ पुष २०८२, मंगलवार
अ+
अ-

बाँके, १ पुष ।

सहकारी पिडित सँगै नेपालगन्ज उपमहानगरपालिकाका पूर्व मेयर विजय कुमार गुप्ता आमरण तथा रिले अनशनमा कसेका छन् ।

सहकारीले बचत कर्ताको बचत फिर्ता नभएपछि २ वर्ष देखि निरन्तर अबाज उठाउँदै आएका पूर्व मेयर तथा अधिवक्ता गुप्ता बचत कर्ता सँगै आमरण तथा रिले अनशन बसेका हुन ।
विभिन्न सहकारीहरूमा बचत गरेको बचत कर्ताहरूको बचत फिर्ता दिलाउनका लागि विजय कुमार गुप्ता आमरण तथा रिले अनशनमा बसेको बताए । उनले भने, सहकारी बन्द भयो अब सहकारीका बचत कर्ताले कहाँ गएर बचत फिर्ता लिने हो ।

धेरैले धितो राखेका थिए तर पैसा जम्मा भए पनि आफ्नो बचत फिर्ता पाएका छैनन् । जिल्ला अदालतमा मात्र नभएर तुलसीपुर इजलास उच्च अदालत नेपालगन्ज सम्पर्क कार्यालयमा समेत सहकारीका बचत कर्ताले मुद्दा जितेको अवस्था रहे पनि सहकारी सञ्चालकहरूले बचत फिर्ता दिएका छैनन् । धेरै बचत कर्ताहरूले उपचार नपाएर ज्याने समेत गुमाएका छन् । त्यसको क्षतिपूर्ति कसले तिर्ने हो ?

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १  की माया पासीले जब सम्म मर्दैन लड्ने बताएकी छिन् । श्रीमानले अटो चलाएर बचत गरेको रकम फिर्ता नपाएसम्म आफू बचत फिर्ताका लागि लड्ने बताएकी छिन ।

छोरी विवाहको लागि तयार भइसकेको छ अब कहाँबाट पैसा ल्याएर छोरीको विवाह गर्ने हो । उनले भनिन् । यहाँ देखि अब मर्छु या आफ्नो बचत फिर्ता लिएर घर जाने बताइन ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीले आफू यो पत्र केन्द्रमा पठाउने बताए । जसरी देशमा सहकारीहरूको ज्यादती बढेको छ यसको लागि सहकारी विभागलाई पठाउने बताए र यो विषयलाई आफू गम्भीर पूर्वक लिने बताए ।

बाँकेमा मात्र बचत कर्ताहरूको अर्बौँ रकम गुमाएका छन् । बचत गरेका रकम सहकारी बन् भएपछि रकम बचत कर्ता फिर्ता नपाएका हुन् ।