© 2026
बर्दिया, १ पुष ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया आउने भएको छन् । बर्दियाका विकास नभएका विभिन्न योजना र चर्चामा रहेको गुलरिया नगरपालि र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल अनुगमनका लागि बर्दिया जाने भएका हुन ।
मन्त्री घिसिङ बर्दियामा पुष २ गते आएर पहिला बर्दिया जिल्लाको राजापुर नगरपालिका र कैलाली जोड्ने सत्तीघाट पुलको अवलोकन तथा अनुगमन, मधुवनर राजापुर नगरपालिकामा पर्ने डुबान क्षेत्र तथा वन्यजन्तुको समस्या समाधान अवलोकन, मानपुर देखि टपरा ओखरिया इन्टेक २७ किलोमिटरको अनुगमन, राजापुर २ स्थित थारु संग्राहलयको अवलोकन, ओखरिया सिचाँईको अनुगमन, बर्दिया र कैलाली जोड्ने दौलतपुरको झोलुंगेपुलको सिलान्यस, उज्यालो नेपालका नायकसँग नागरिक र साँस्कृतिक कार्यक्रम, गुलरिया नगरपालिकाको वडा नं १ मा पर्ने सिचाईको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पुष ३ गते पहिला पार्टी कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम, गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकामा भत्केको पुलको अनुगमन कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम थारुले जानकारी दिए । मन्त्रीको समय भए बर्दियाका थप आवश्यक ठाउँहरूमा अनुगमन गर्ने योजना रहेको छ ।