© २०२३
चन्द्रौटा (कपिलवस्तु), ११ पुस ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ८, विसुनपुर अवस्थित बाल ज्योति माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला उदघाटन गरिएको छ । सोमबार अभिभावक भेला कार्यक्रमको आयोजना गरी सामाजिक परीक्षण तथा विज्ञान प्रयोगशाला उदघाटन गरिएको हो ।
शिवराज नगर प्रमुख अजय थापाले प्रयोगशाला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक तथा कर्मचारी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आ–आफ्नो बच्चालाई सरकारी विद्यालयमा पढाउनुपर्ने बताए । आम नागरिकको बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकामा निःशुल्क शिक्षा लागू गरिएको समेत उनले जनाए ।
विगत भन्दा तुलनात्मक रुपमा यस विद्यालयले फड्को मारेको प्रशंसा गर्दै दक्ष विद्यार्थी उत्पादन गर्ने समेत थापाले उल्लेख गरे । स्थानीय स्तरमा विद्यार्थीलाई निःशुल्क मात्रै होइन गुणस्तरीय शिक्षामा समेत प्राथमिकता दिने उनको भनाई छ । आगामी दिनमा प्राइभेट विद्यालयभन्दा सरकार विद्यालयले अग्र स्थानमा आउने विश्व व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मूलचन्द यादवले विद्यालयको वार्षिक प्रस्तुत गर्दै विद्यालयलाई प्रभावकारी बनाउने दावी गरे । विगतभन्दा अहिले शिक्षा लगायत हरेक गतिविधिमा आफ्नो विद्यालय अगाडि रहेको बताए ।
उक्त कार्यक्रमलाई शिवरान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी, अहमद अब्दुल रउफ लगायतले कार्यक्रम सम्बोधन गरेका थिए ।