ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
राष्ट्रिय औद्योगिक प्रदर्शनी

कृषिको सम्भावना खोजी गर्न गोष्ठी गरिंदै

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

बुटवल, ११ पुस ।

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना गर्दैछ । स्वदेशी उत्पादनको पहिचान र व्यवसायिक प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्ने लक्ष्य सहित गोष्ठीको अयोजना गरिएको जनाइएको छ ।

गोष्ठीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौतीको अवस्थाका बारेमा दुई चरणमा गरी कृषि र भेटका विषयमा विषय विज्ञहरुको प्रस्तुती रहने गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पहिलो चरणमा कृषि क्षेत्रका अवसर, सम्भावना र चुनौतीका विषयमा लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव अर्याल, बाली सुरक्षा अधिकृत घनश्याम चौधरी, वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डित र वरिष्ठ वागवानी विकास अधिकृत सन्देश धितालको छुट्टाछुटै प्रस्तुती रहने छ भने दोस्रो चरणमा वरिष्ठ पशु विकास अधिकृत परवेज आलम, वरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुसाल, पशु चिकित्सक डा. उत्तम आचार्य र पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रस्तुति रहने छ ।

प्रस्तुत विषमा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार तथा राममणी बहुमुखी क्याम्पसका सहप्रध्यापक डा.खगराज शर्मा र पशु चिकित्सक डा.गान्धीराज उपाध्यायले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वक्ताहरुले रूपन्देहीमा कृषि र पशुका क्षेत्रमा भएको लगानी, लगानी मैत्री वातावरण, पूर्वाधार र चुनौतीका विषयमा तथ्यगत जानकारी गराउने जनाइएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागी कृषि क्षेत्रका स्टलधनी, उद्यमी र कृषकहरुको उपस्थिति रहने छ ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुस ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा सोमवार पनी दर्शकहरुको सहभागिता र कारोवार उल्लेखनीय भएको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आएका अवलोकनकर्ताहरु खुशीका साथ अवलोकन गरेका थिए ।

प्रदर्शनीमा मनोरञ्जन

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गितप्रतियोगिता, तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको छनौट प्रस्तुती एवं छनौट प्रक्रिया भएको छ । जसमा दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवलवीच प्रतिष्पर्धा भएको छ । राष्ट्रिय तथा स्थानियक लाकारहरुको प्रस्तुती कार्यक्रममा गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको प्रस्तुति रहेको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलवार प्रदर्शनी आइडलमा टप आठको प्रस्तुती रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती कार्यक्रममा चर्चित आधुनिक गायक रुपक डोटेल, लोक गायक नविन पौडेल, गायिका समिता घिमिरे, गायीका कल्पना कुशुम र गायक कमल भट्टराईको प्रस्तुती रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत मंगलवार खस्र्यौली दोहोरी क्लब प्रालि, बुटवल र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशकावीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी अन्तरविद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको पनि आयोजना हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?