ट्रेंडिंग:

>> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क

११ सय बढीले लिए शिविरमा विशेषज्ञ चिकित्सक सेवा

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

बुटवल, ११ पुस ।

रोग लुकाएर बस्ने ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई सचेतना जगाउने र सेवा दिने उद्येश्यका साथ दुई दिने निशुल्क विशेषज्ञ सेवा दिईएको छ । सामान्य उपचार बाहेकका सेवा पाउन टाढा धाउनुपर्ने सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाँच, औषधी, परामर्श दिईएको हो ।

सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासीय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घरोगीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए । ‘नगरपालिकामा नै पहिलोपटक विशेषज्ञसहितको ठुलो शिविर गरेका छौ’– उनले भने । दक्ष जनशक्ति र अस्पतालमा विशेषज्ञ सेवाबाट बन्चित भएका बिरामीहरुलाई दुई दिनमा आवश्यक सेवा दिन सफल भएको उनले दाबी गरे । नगर कार्यपालिकाबाट कार्ययोजना बनाएर शिविर संचालनको शुरुवात गरेको भन्दै उनले संघ र प्रदेश सरकारसंग समन्वयन गरि जिल्ला अस्पतालमा स्तरवृद्धि समेत गर्ने बताए । नगरपालिकाको वडा नं १ देखि १२ सम्मका स्थानियलाई दुई दिनसम्म ब्यवस्थापन गरि सेवा दिईएको उनले बताए । युवादेखी वृद्धसम्मका धेरै उपचार लिन शिविरमा आएको उनले बताए ।

अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण क्षेत्रको आवश्यकतालाई पहिचान गरि निशुल्क स्वस्थ्य शिविर तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । अर्घाखाँचीका स्थानीयहरुले विशेषज्ञ सेवाबाट बन्चित भईरहेको बेला स्थानिय पालिकासंग समन्वय गरि सेवा दिन सफल भएको उनले बताए ।
शिविरमा १ हजार एक सय जना बिरामीहरुले सेवा लिएको उनले बताए ।

न्युरोसर्जन डा केआई सिह, मुटुरोग विशेषज्ञ डा विजय यादव, जनरल फिजिसियन डा सरोज थापा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुनिल कुमार चौधरी, स्त्री तथा प्रसुति विशेषज्ञ डा ज्योती श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा मन्जिल मल्ल, युरो सर्जन डा प्रेमराज सिग्देल, मानसिक तथा नशा रोग विशेषज्ञ डा विनिता रेग्मी, नाककानघाटी रोग विशेषज्ञ डा महेश पोख्रेल, छाला योन तथा कुष्ठरोग विशेषज्ञ डा मनोज सापकोटा, रेडियोलोजिष्ट डा सुरेन्द्र रायमाझी, बाल तथा शिशु रोग विशेषज्ञ डा मौसम श्रेष्ठसहित मेडिकल अफिसर, स्टाफ नर्स तथा ल्याब स्टाफहरुबाट सेवा दिईएको उनले बताए ।

यसैगरी शिविरमा ३ सय ६० जनाको मधुमेह, १ सय २० लिक्युट प्रोफाईनल, १ सय जनाको युरिन आरएफ, १ सय ७५ पिएफटि, २ सय २० भिडियो एक्सरे, १ सय ५ जनाको ईसिजि गरिएको उनले बताए । दुई दिनको शिविरमा प्राविधिक जाचमा ७ लाख र औषधी ७ लाख रुपैया बराबरको सेवा दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?