ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

बुटवलमा नेवारी भोज

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

बुटवल, ११ पुस ।

नेवारी कला, संस्कृति र परिकारको प्रचारप्रसार र प्रवद्र्धन गर्दै आएको बुटवलका सामाजिक संघसंस्थाहरुले नेवारी भोज तथा सास्कृतिक कार्यक्रम गरेको छ । विश्व हिन्दु महासंघको सभाहलमा सोमबार लायनेश क्लब अफ बुटवल नेवारी भोज तथा सास्कृतिक कार्यक्रम गरिएको हो ।

मेरो क्लब बलियो क्लब नारा राखेर सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ बुटवल, लायनेश क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको संयुक्त आयोजनामा कार्यक्रम गरिएको आयोजक क्लबका लायनेश मेनुका श्रेष्ठले बताईन् । नेवारी भोज कार्यक्रममा आमन्त्रितहरुलाई नेवारी संस्कृति अनुसार टिकासगुन दिएर स्वागत गरिएको थियो । सगुनमा छोयला (पोलेको मासु), छों (जाड), बारा (मासको रोटी) का परिकार थिए । यसैगरि भोजमा भने बजी (चिउरा), मुस्या (भटमास), छोयला, झोल मासु, योमरी, आलुको अचार, बोडी दाना, साग, मेथीको चट्नी सहित वासः(लोकल रक्सी) को व्यवस्था गरिएको उनले बताईन् ।

कार्यक्रमको उदघाटन गर्दै लायन्स डिष्टिक ३२५ पि का डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले नेवार समुदाय कला, संस्कृतिमा धनि भएको बताए । खानाका परिकार र संस्कृतिकै कारण पहिचान बनाउन सफल भएका नेवारहरु समयअनुसार स्वस्थ्यकर खानपिन गर्ने वैज्ञानिक रुपमा पुष्टि भएको बताए । भोजले भाषा, संस्कृति र परिकारको संरक्षणमा टेवा पुग्ने उनले दाबी गरे ।

लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं सल्लाहकार अनिल प्रसाद श्रेष्ठले सामाजिक संघसंस्थाहरुबाट गरिने कार्यक्रमबाट समुदायको संस्कृतिको जगेर्नामा योगदान मिल्ने बताए । कार्यक्रममा क्लवको प्रथम उपाध्यक्ष अर्जुनमान सैजु, द्वितिय उपाध्यक्ष पुरुषोत्तम प्रधानाङ्गले नेवारी भाषा र संस्कृतिका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा नेवाः कलाकारहरुले नेवारी भाषाका गितमा नृत्य प्रस्तुत गरेका थिए । भाषा, कला र संस्कृतिका हिसावले सम्पन्न जातीका रुपमा रहेको नेवाः समुदाय विशेषगरि खानाका परिकारमा निकै समृद्ध मानिन्छ । वर्षका सबै महिनाहरुमा कुनै न कुनै पर्वका नाममा भोज गर्ने नेवाः भोय (नेवारी भोज) मौसम अनुसार स्वस्थकर र पाचन योग्य पन रहेको नेवाः अगुवाहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?