Butwal Today

कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचाररत अवस्थामा उनको निधन भएको हो ।

कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार उपाध्याय लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए ।

स्वर्गीय उपाध्याय २०५६ सालमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पटक–पटक निर्वाचित भएका अनुभवी नेता थिए ।

उपाध्यायले मोरङ जिल्लाबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदको भूमिका पनि निर्वाह गरेका थिए ।

उनको निधनले नेपाली कांग्रेसले एक अनुभवी र समर्पित नेता गुमाएको छ । पार्टी पंक्ति तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।