ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

एमाले महाधिवेशन र अपेक्षा 

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

मुलुकको दोस्रो ठुलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवारदेखि सुरु भएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच अध्यक्षका लागि तीव्र प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिहरू बताउँछन  ।

जेहोस चितवनको सौराहामा २०७८ सालमा भएको १० औँ महाधिवेशनपछि हुन लागेको यो महाधिवेशनप्रति आम देशवासीको चासो र चिन्ता छ । त्यो यसकारण पनि कि एमाले मुलुकको दोस्रो ठुलो राजनीतिक दल हो ।

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको सन्दर्भमा पार्टीले लिने आगामी नीतिप्रति आम चासो छ । खासगरी नेकपा एमालेका हजारौं कार्यकर्ता महाधिवेशनप्रति उत्साहित भैरहँदा उत्तिकै चिन्तित पनि छन् ।

महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरोस भन्ने धेरैको चाहना छ तर शनिवार विहानसम्मको परिस्थिति हेर्दा निर्वाचनबाटै नेतृत्व चयन हुने संभावना देखिएको छ । निश्चितरूपमा यो महाधिवेशनले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीहरू, आर्थिक तथा सामाजिक समस्याका सन्दर्भमा एमालेको स्पष्ट धारणा र संगठनलाई थप मजबुत बनाउने आधार तय गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनप्रति विश्वास र उत्साह नदेखाउँदा संसद पुनस्र्थापनाको मुद्दामा पार्टीको ध्यान पुगेको छ । सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरि सुशीला नेतृत्वको सरकारले गराउने निर्वाचनमै पार्टी अग्रसर हुनुप¥यो भने त्यो पार्टीका लागि ठुलो घाटा हुनेछ । अतः यो महाधिवेशनले त्यो दिशामा दूरगामी धारणा स्पष्ट गर्नुपर्नेछ ।

राष्ट्रिय राजनीतिमा चुनौतिका पहाड छिचोल्दै अघि बढ्नुपर्ने बर्तमान सन्दर्भमा महाधिवेशनले पार्टी र देशको वर्तमान राजनीतिक घटनाक्रमका सन्दर्भमा नयाँ सन्देश दिन सक्नुपर्दछ । यो महाधिवेशनले आगामी दिनमा एमालेको आन्तरिक संरचना र राष्ट्रिय राजनीतिको दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने छ ।

देशमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै हुनुपर्ने माग गर्दै आएको नेकपा एमालेले यो महाधिवेशनबाट लिने राजनीतिक दिशाप्रति देशकै चासो छ ।

चुनावको दिन नजिक आउँदै गर्दा एमाले चुनावप्रति भन्दा संसद पुनस्र्थापनाको मागप्रति बढि उत्सुक भैरहेको सन्दर्भमा महाधिवेशनले लिने नीतिबाट मुलुकको राष्ट्रिय राजनीति समेत प्रभावित हुने स्पष्ट छ ।

अतः महाधिवेशनले पार्टीको भविष्यमात्रै होइन, यो देशलाई सही निकास दिन आवश्यक पर्ने सुझबुझपूर्ण नीति लिन सकोस् भन्ने आम नेपालीको अपेक्षा छ । महाधिवेशनले मदन भण्डारीको जनताको बहुदलीय जनबादकै नीति पारित गर्ने कुरामा सन्देह छैन ।

महाधिवेशनले सही नीति र सही नेतृत्व चयन गर्न सक्नुपर्दछ । सवैको नजर पार्टी अध्यक्षमा परेको छ । केपी शर्मा ओलीले एकपटक अध्यक्ष पद सर्वसम्मत दिन आग्रह गरेका छन । उता अर्का प्रत्यासी ईश्वर पोखरेलले देशले नयाँ राजनीतिक कोर्स गरिरहँदा पुरानो नेतृत्व विस्थापन हुनुपर्ने माग अघि बढाएका छन । जेहोस दुई पक्षबीच कडा टक्कर हुँदैछ ।

एमालेभित्रको एउटा समूहले बदलिँदो राजनीतिक परिस्थितिमा नेतृत्व बदलिनुपर्ने धारणा राखेको छ । अर्काे समूह भने मुलुक गंभीर राजनीतिक मोडमा पुगेकोले केपी शर्मा ओलीलाई नै नेतृत्व दिनुपर्ने अडानमा छ ।

जेहोस नेतृत्व बदलिन्छ वा दोहोरिन्छ भन्ने कुरा महाधिवेशनका प्रतिनिधिले निर्णय गर्नेछन् । तर, भदौ २३ र २४ को जेन–जी आन्दोलनले दिएको दिशालाई आत्मसाथ गर्ने हो भने एमालेमा युवापंक्तिको बर्चस्व हुनुपर्दछ भन्ने कुरामा दुईमत छैन ।

जेहोस महाधिबेशन सुरु भैसकेकोले एमाले नेतृत्वले जनताको बहुदलीय जनवादको मर्म अनुरूपको नयाँ नीति र नयाँ नेतृत्व चयन गरोस भन्ने आम अपेक्षा छ । यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको अपेक्षा पनि गरेको बिर्सन सकिदैन ।

एमालेभित्रका युवापंक्तिले ४० प्रतिशत बढी प्रतिनिधित्वको माग पनि गरेका छन । महाधिवेशनले युवाहरूको मागलाई सम्बोधन कसरी गर्छ त्यसबाट पनि पार्टीको आगामी यात्रा सुनिश्चित हुने छ ।

निश्चित रूपमा पार्टीले लिने नीतिले देशको राजनीतिलाई दिशानिर्देश गर्ने भएकोले यो महाधिवेशनले सही नीति अंगीकार गरोस् । सही नेतृत्व चयन गरोस् । हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?