© २०२३
बुटवल पुस–रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रूपन्देहीको प्रथम वार्षिक साधारणसभा शनिबार शंकरनगर बन बाटिकामा भएको छ । कार्यक्रममा केमसन नेपालका केन्द्रीय सदस्य बिजय खनाल, केन्द्रीय सदस्य अर्जुन रानाभाट, केन्द्रीय सदस्य खडानन्द पाण्डे, कृष्ण भण्डारी, अतिथी विश्वदिप नेपाल, सल्हाकार बिष्णु प्रसाद भण्डारी, लुकराज न्यौपाने, बिजय आचार्य लगायतको सहभागीतामा साधारण सभा भएको हो ।
कार्यक्रममा सस्थामा भयको गतिबिधी र भाबी योजनाको बिषयमा छलफल भएको अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए । साधारण सभामा प्रथम उपाध्यक्ष दीपक भट्टराई, द्वितीय उपाध्यक्ष दीपक खनाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । महासचिब ऋृषिराम अर्यालका अनुसार मित्रता कायम गर्ने उदेश्यका साथ बनभोज समेत गरिएको थियो ।
सस्थाको अध्यक्ष बाबुराम भण्डारीले आगामी दिनमा संस्थाले सामाजिक क्षेत्रमा समेत विभिन्न काम गर्ने योजना बनाएको जानकारी दिए ।