ट्रेंडिंग:

>> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?

पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

लमही,२७ मंसिर ।

दाङ  नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले  शुक्रवार लमहीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले वडादेखि केन्द्र सम्म सर्वसम्मत रूपमा प्रतिनिधि छनौट हुने गरेर महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले जेनजी आन्दोलनका नाममा भएका गतिविधिलाई लिएर पार्टीभित्र केही व्यक्तिहरूले विभाजनतर्फ लैजाने षडयन्त्र गरेको आरोप लगाएका छन् । उनले आन्दोलनका क्रममा अराजक समूहबाट काँग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति सहानुभूति नदेखाई उल्टै हस्ताक्षर सङ्कलन गर्दै देश दौडाहा गर्नु गलत सङ्केत भएको बताए ।

राठौरका अनुसार नेताले कार्यकर्तालाई न्याय दिन नसके कार्यकर्ताको भरोसा र मनोबल दुवै गुम्ने भएकाले नेतृत्वले कार्यकर्ताप्रति माया र जिम्मेवारी बोध राख्न आवश्यक छ । पार्टीले प्रभावकारी प्रशिक्षण नदिनु पनि कार्यकर्तामा नकारात्मक सोच बढ्नुका कारण भएको उनको भनाइ थियो ।

“बुढापाकाले धानेको पार्टी हो, गुट उपगुट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ,” राठौरले भने, “तर गुटको नाममा विभाजनको भूमिका खेल्नु अस्वीकार्य छ ।” उनले जेनजीको नाममा पार्टीभित्र विवाद सिर्जना गर्नु गैर जिम्मेवार कदम भएको बताए ।

राणा शासन र पञ्चायत दुवै हटाउन सफल भएको काँग्रेसलाई विचलित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै राठौरले भने, “राजनीतिमा व्यक्तिले होइन, विचार र इमानदारीले नेतृत्वको पहिचान तय गर्छ।” काँग्रेसले शान्ति र विकासका काम गरे पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा कमजोरी रहेको कुरालाई पार्टीले आत्मसात् गर्नुपर्ने उनको धारणा थियो ।

यसैबिच, काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले भदौ २३ र २४ गतेको जनजी आन्दोलनका नाममा अराजक समूहले नेपालमा घुसपैठ गरेको दाबी गरे। भू–राजनीतिक असन्तुलन बुझ्न नसक्दा देश अस्थिर विद्रोहको सिकार बन्न पुगेको उनले बताए ।

उनका अनुसार गठबन्धन सरकारको नेतृत्वमा रहेका बेला आन्दोलन सुरु हुँदा काँग्रेसलाई गठबन्धन बचाउने दायित्व थियो । “गठबन्धन नतोड्नु अपराध हो र ?” भन्दै उनले काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अराजक क्रियाकलापको समर्थन कहिल्यै नगर्ने बताए ।

लमहीमा सम्पन्न संस्थापन (देउवा) पक्षको भेला आगामी पन्ध्रौँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपनाउने रणनीतिसम्बन्धी छलफलमुखी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?