ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

उम्मेदवार छनौटले काँग्रेसमा किचलो

२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

नवलपरासी, २७ मङ्सिर  ।

आगामी फागुन २१ गते हुन गई रहेको सङ्घीय संसद् प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी सिफारिसमा किचलो देखिन थालेको छ ।

एकतर्फी रूपमा ६/६ पटक उम्मेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेपछि नेपाली काँग्रेस उम्मेदवार छनौटमा किचलो देखिन थालेको हो ।

उम्मेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उम्मेदवार छनौटमै किचलो देखिएपछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ ।

जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो, तर तिनै व्यक्ति निरन्तर उम्मेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउँछ नै, उनले थपे, केही व्यक्तिलाई कोही प्रिय हुन सक्छ, उनीहरूले आफ्ना राय व्यक्त गर्न पाउँछन्, तर उम्मेदवार छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरू भेला भई उम्मेदवार छनौटले सबैले स्वामित्व ग्रहण गर्छन्, चुनावमा होमिन्छन् र चुनाव जित्न सहज हुन्छ ।

तर विधान र मनोविज्ञानलाई नै चुनौती दिँदै जिल्लाको क्षेत्र नं.२ मा उम्मेदवार छनौट गरि सिफारिस गरिएको देखिएको उनको भनाई थियो । उम्मेदवारको नाम सिफारिस नगर्न भन्दै केन्द्रीय समितिले मातहतका समितिलाई पटक–पटक परिपत्र गरे पनि त्यसको विपरीत क्षेत्र नम्बर २ ले उम्मेदवारको नाम सिफारिस गरेको उनले बताए ।

उम्मेदवार छनौट गर्दा क्षेत्रीय कार्यसमितिले भेला बोलाउँदा सो क्षेत्रमा रहेका जिल्ला सदस्यहरूको पनि उपस्थिति गराइनुपर्नेमा केही जिल्ला सदस्यहरूलाई जानकारी नै नगराइएकोले बैठकमा नगएको पार्टी जिल्ला कार्यसमितिका जिल्ला प्रवक्ता समेत रहेका नेता राधेश्याम पाठकले पनि गुनासो गरेका थिए ।

आमन्त्रित भए पनि सबैलाई बोलाउने सहमतिका उम्मेदवार छान्दा पार्टीमा राम्रो सन्देश जाने थियो, उनले भने, क्षेत्रीय कार्यसमितिको यस्तो रवैयाले कार्यकर्तामा असन्तुष्टि ल्याउँछ ।

चुनाव परिचालनमा पनि समस्या सृजना गर्ने उनको भनाइ थियो । नवलपरासी काँग्रेस क्षेत्र नं. २ द्वारा मापदण्ड विपरीत उम्मेदवारको नाम सिफारिस  छ पटक उम्मेदवार भएका देवेन्द्रराज कँडेलको अहिले सातौँ पटक सिफारिस भएको छ । यसले असन्तुष्टि जन्माएको देखिएको छ ।

नवलपरासी–नेपाली काँग्रेस नवलपरासी प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर २ ले केन्द्रको मापदण्ड विपरीत उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मापदण्ड विपरीत उम्मेदवारको नाम सिफारिस नगर्न भन्दै केन्द्रीय समितिले मातहतका समितिलाई पटक पटक परिपत्र गरे पनि त्यस विपरीत क्षेत्र नम्बर २ ले उम्मेदवारको नाम सिफारिस गरेको दाबी कार्यकर्ताहरूको रहेको छ ।

पछिल्लो पटक मङ्सिर २५ गते केन्द्रीय समितिका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।

तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको  नाम सिफारिस गर्नका लागि निर्देशन भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र र नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवारको नाम सिफारिस गर्न पुनः गम्भीर ध्यानाकर्षण गराएको थियो ।

मापदण्ड तोकेर पठाइएको परिपत्रमा उल्लेख भएको बुँदा नं. १(१.२) मा प्रत्यक्षतर्फ एक महिला सहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित २ जनाको नाम सिफारिस गर्न भनिएको छ ।

तर क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ तीन जनाको नाम पठाउनुपर्नेमा केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको एकल नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने मापदण्ड अनुसार नैै एक महिला सहित दुई जनालाई सिफारिस भएको छ ।

जसमा जिल्ला उपसभापति विक्रम यादव र सुनिता श्रेष्ठको नाम रहेको छ ।  उता परिपत्रको २ नम्बर बुँदामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको नाम प्रत्येक प्रदेश समितिले मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाममध्येबाट एक सिटका लागि तीन जनाको नाम केन्द्रमा पठाउन भनेको छ ।

तर क्षेत्रीय समितिले जिल्लालाई नै बाइपास गर्दै दुई जनाको नाम मात्र सिफारिस गरेको छ । जसमा जिल्ला सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम रहेको छ । क्षेत्रीय समितिले सिफारिस गरेका नाम रायका लागि जिल्लामा पठाउनुपर्नेमा जिल्लालाई बाइपास गर्दै छनौट गरिएका नाम सोझै केन्द्रमा सिफारिस गरिएकोले पनि असन्तुष्टि व्यक्त भएको छ ।

क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले परिपत्रको बुँदा नं. १(१.४) विपरीत जिल्ला र प्रदेशलाई बोदार्थ दिँदै छनौट भएका नाम सोझै केन्द्रमा सिफारिस भएको हो । तर क्षेत्रीय सभापति पाण्डेले भने विधान र परिपत्रअनुसार नै सिफारिस गरेको दाबी गरेका छन् ।

‘तोकेको सङ्ख्या भन्दा बढी पठाउन नमिल्ने हो । कम पठाउन मिल्छ ’ पाण्डेको तर्क थियो । केन्द्रको सल्लाहअनुसार जिल्ला र प्रदेशलाई बोदार्थ दिएर केन्द्रीय समितिमा सिफारिस पत्र पठाएको पाण्डेको भनाई रहेको छ ।

जिल्लाकै निर्वाचन क्षेत्र नं. १ मा भने किचलोका कारण उम्मेदवारको नाम छनौट हुन सकेको छैन । क्षेत्रीय सभापति मुकुल आचार्यले धेरैको नाम आएकाले विवाद भएको बताउँदै सहमति नभए शुक्रवार साँझसम्म सबैको नाम पठाउने बताएका थिए ।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ९ जनाको नाम आएको क्षेत्रीय समितिले जनाएको छ ।  क्षेत्र नम्बर २ ले सिफारिस गरेको एकल नाममा कँडेलको २०५१, २०५६, २०५८, २०६४, २०७४ र २०७९ मा जिल्लामा काङ्ग्रेसबाट चुनाव लडेका थिए ।

त्यसमा २०५१, २०५६ र २०७४ सालको चुनाव कँडेल चुनाव जितेका थिए । चुनाव जितेपछि उनी २०५६ र २०५८ मा गृहराज्यमन्त्री समेत बनेका थिए ।

२०७९ को चुनावमा भने कँडेल राप्रपाका धुव्रबहादुर प्रधानसँग १६ हजार बढी मतले पराजित भए । त्यो बेला पनि उम्मेदवार छनौटमा पार्टी भित्र किचलो भएको थियो ।

स्थानीय तहको उम्मेदवार छनौट देखी नै किचलोको प्रत्यक्ष प्रभाव चुनावमा पर्दा कंण्डेलले पराजय भोग्ने अवस्थामा पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?