Butwal Today

सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री खरेलले राजनीतिमा युवाहरूको सक्रिय उपस्थिति कसैले रोक्न नसक्ने बताए । “राजनीति नीतिहरुको राजा हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व र युवाहरुको सहभागिता अनिवार्य हुन्छ,” उनले भने ।

उनले व्यक्तिगत महत्वाकांक्षामा मात्रै फँस्ने प्रवृत्तिबारे पनि टिप्पणी गर्दै, “घाटमा जाने बेलासम्म आफैं नेता बन्ने, आफैं प्रमुख बन्ने, आफैं प्रधानमन्त्री वा अध्यक्ष बन्ने सोच राख्नु उचित होइन,” भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?