ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै
सफलताको कथा

अटो चालक जस्मिनको बालबच्चालाई इन्जिनियर बनाउने सपना

११ पुष २०७९, सोमबार
११ पुष २०७९, सोमबार

चन्द्रौटा (कपिलवस्तु), १० पुस ।

जस्मिन थारु घर खर्चसँगै व्यवहार चलाउन कष्टकर जीवन बिताइरहेकी थिइन । उनको श्रीमानले मात्रै घर व्यवहारसँगै बालबच्चा पढाउन लगायत समस्याले ग्रस्त बनाएको थियो ।

त्यही समस्या समाधानको विकल्पको खोजीमा भौतारिंदै श्रीमान श्रीमतीबीच सल्लाह आउँछ । श्रीमान मात्रै सदैव काममा खटिरहँदा आफूले पनि केही काम गर्ने सोंच गरेर श्रीमानलाई प्रस्ताव गर्छिन् जस्मिन, अटो रिक्सा किन्ने । श्रीमानबाट स्विकारपछि करिब चार माहिना अगाडि अटो किनेर उनको श्रीमान वैदेशिक रोजगारीमा जान्छन् ।

अहिले जस्मिनको दैनिकी एकाविहानै उठेर घरायसी काम सकाएर बालबच्चालाई विद्यालय पु¥याएर चन्द्रौटा बजारमा बित्ने गरेको उनी बताउँछिन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ घर भएकी थारुले विद्युतीय अटो चलाएर मनग्ये आम्दानी गरेको बताउँछिन् । उनी भन्छिन् –“आफ्नै कमाइले दुई बच्चालाई पढाईरहेकी छु । घर खर्च जुटाएर बचेको पैसा बचत गर्छु ।”

“बिहान १० बजेपछि अटो चलाउन निस्केपछि साँझ करिब ५ बजेतिर घर फर्किन्छु”–थारुले भनिन् । उनले कुनै बेला सवारीहरुले लागेको भाडा नतिर्ने र अटो रिक्सामा बसेको बेला छाडा बोल्दा भने अलि अप्ठ्यारो लाग्ने गरेको सुनाइन् । तर आफ्नो काम यात्रुलाई गन्तव्य सम्म पु¥याउने रहेको उनको भनाई छ । जस्मिन थारुको श्रीमानले वैदेशिक रोजगारीबाट आएको र आफूले कमाएको पैसाले घर खर्च तथा ऋण तिरेर सानो सानो रकम बचत गर्छिन् ।

यात्राको क्रममा कतिपय बालबालिका तथा बृद्घबृद्घाहरुको भाडा नै नलिने गरेको उनी बताउँछिन् । श्रीमान विदेश हुँदै अटो किनेर चलाउनु पु¥यो भन्ने उनले प्रस्ताव राख्दा एक्लै कमाएको पैसा मासिने बचत गर्न नसकिने उनको श्रीमानले भनेको बताइन् । यसरी आफूले आम्दानी गर्न थालेपछि परिवार चलाउन सहज हुनुका साथै बचत गरेर बालबच्चालाई इन्जिनियर बनाउने सपना पूरा गर्ने बताउँछिन् ।

आफूले स्थानीयस्तरमा आम नागरिकलाई सेवा गर्दै आम्दानी गर्दा सन्तुष्टि मिल्ने गरेको उनले अनुभव सुनाइन् । करिब दिनहुँ एक हजारदेखि ४ हजारसम्म हुने गरेको थारुको भनाई छ । अहिले पनि यस क्षेत्रका कतिपय महिलाहरु बर्षाैँसम्म घरबाट बाहिर न निस्कने महिलाहरुको लागि अत्यन्तै राम्रो उदाहरण समेत जस्मिन बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?