ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस 

२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

लमही , २५ मङ्सिर ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसबाट दाङमा २० जनाको नाम सिफारिस भएको छ ।

जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनका लागि तीन क्षेत्रीय कार्यसमितिबाट २० जनाको नाम सिफारिस गरिएको हो । जस अन्तर्गत प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट पाँच जना, क्षेत्र नं. २ बाट १० जना र क्षेत्र नं. ३ बाट पाँच जनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेपाल महिला सङ्घ दाङकी संस्थापक अध्यक्ष एवम् महासमिति सदस्य बिमला योगी, महाधिवेशन प्रतिनिधि किरण किशोर घिमिरे, भोजराज पाण्डे, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, काँग्रेस नेताहरू अनिता देवकोटा, बमबहादुर डिसी, दुर्लभ केसी, विपुल पोख्रेल, विष्णु शर्मा र कुलराज खनालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकीलाई सिफारिस गर्ने निर्णय भएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिएका छन् ।

सचिव केसीका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापतिहरू विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र काँग्रेस नेता नदनकुमार शर्माको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. ३ बाट पूर्व मन्त्री गिरीसहित पाँच जना

यसै गरी क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीसहित पाँच जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएको छ ।

जसमा केन्द्रीय सदस्य गिरीसहित नेपाली काँग्रेस दाङका सभापति सङ्कर प्रसाद डाँगी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, महाधिवेशन प्रतिनिधि केशवराज आचार्य र पूर्व महाधिवेशन प्रतिनिधि राजेन्द्र धिताल सिफारिस भएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्का सभापतित्व बसेको बैठकले समानुपातिकतर्फ बुद्धिराम भण्डारी, भरत केसी, महादेव शाह, कमानसिंह डाँगी, यमप्रसाद पाण्डेय, मदन रसिक, देवीका नेपाली, मिथिला शाह, चित्रा गिरी, केउलापति चौधरी, घनश्याम सुनार शेर्पाइली, चेतबहादुर नेपाली र यादव चौधरी रहेका छन् ।

क्षेत्र नं. ३ बाट राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, महाधिवेशन प्रतिनिधिहरू शङ्कर गिरी, जोगेद्र विश्वकर्मा, देवा डाँगी, गणेशबहादुर खत्री र अर्जुन गिरी सिफारिस भएका छन् ।

यसैबिच नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीसहित पाँच जनाको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फका लागि सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य चौधरीसहित महासमिति सदस्य द्वय जानकीलाल बस्नेत र कमल किशोर घिमिरे, महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्मा तथा जेन–जी समूहबाट प्रतीक्षा चौधरीको नाम सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?