ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

‘मानव अधिकार अझै चिन्ताजनक’ 

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

स्वतन्त्र, निर्भीक र स्वाभिमानका साथ बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो ।

तर, पछिल्लो समय यो अधिकारमाथि हस्तक्षेप हुने गरेको छ । बोल्न पाउने हक पनि मानव अधिकार हो । नेपालको संविधानले नै आफ्नो मनमा लागेको कुरा बोल्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।

शान्तिपूर्ण तवरले बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिएको छ तर कता कता यी अधिकारमाथि हस्तक्षेप भइरहेको छ । प्रसङ्ग विश्व मानव अधिकार दिवसको हो । यो वर्षको मानव अधिकार दिवस आज मनाईदैछ । ‘मानव अधिकार जीवनको आधार’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज मनाईदैछ ।

नारामा भनिएजस्तै मानव भएर बाँच्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर औपचारिकता पूरा गरिन्छ । यो दिवस केवल औपचारिक बन्दै गएको छ । मानव अधिकार दिवस मनाउँदै गर्दा नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था चिन्ताजनक छ ।

लोकतन्त्र भएर पनि मानिसका इच्छा र आकाङ्क्षा जहाँ दमित हुन्छ त्यहाँ लोकतन्त्र मृत समान हुन्छ । पछिल्लो समय नेपालमा भएका केही घटनामा मानव अधिकार उल्लङ्घन भएको भन्दै चिन्ता प्रकट हुँदै आएको छ ।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा निर्मम दमन गरियो । भ्रष्टाचार नियन्त्रण र सुशासनको नारासहित प्रदर्शनमा उत्रिएका जेनजी भाइ बहिनीहरूमाथि सरकारले निर्मम दमन ग¥यो जसको कारण करिब दुई दर्जन होनहार युवाको ज्यान गयो । यस्ता केही उदाहरण छन् जसले मानव अधिकारको चरम दुरुपयोग गरेको छ ।

मानव अधिकार दिवस मनाउँदै गर्दा कसैको अधिकारमाथि कुनै पनि प्रकारको कुठाराघात हुनुहुँदैन । मानव अधिकारको परिभाषाभित्र समेटिएका कुराको प्रतिबद्धता सरकारका तर्फबाट पनि हुनु जरुरी छ ।

सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप यो दिवस मनाउने गरिएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७७ वर्ष पुगेको छ । सात दशक बढी लामो कालखण्डमा विश्वमा मानव अधिकारको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन ।

विश्वका केही मुलुकमा बोल्ने र पढ्न पाउने अधिकारबाट समेत नागरिक वञ्चित छन् । अफगानिस्तानको तालिबान सरकारले नागरिकलाई बोल्न, लेख्न र पढ्न पाउने अधिकारबाट वञ्चित गरेको छ । अफगानिस्तानका महिला बुर्का नलगाई बाहिर निस्किन समेत पाउँदैनन् ।

त्यहाँ मानिसको स्वतन्त्रतामाथि चरम दमन र नियन्त्रण गरिएको छ । केही मुस्लिम देश सिरिया, लिबिया, रुस, इराक, इरान लगायतमा मानिसले बोल्न समेत नपाउने अवस्था छ । त्यहाँ मानव अधिकारको ठाडो उल्लङ्घन भइरहेको छ ।

पछिल्लो समय रुस युक्रेन युद्धको क्रममा भएको मानवीय निवास होस वा पछिल्लो इजरायल र गाजामा भइरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन् ।

आज १६ दिने महिला हिंसाविरुद्ध दिवसको समापनको दिन हो । तर, महिलाहरूको मानव अधिकारको उल्लङ्घन सबैभन्दा ठुलो चिन्ताको विषय भएको छ । दिवसको समापन हुँदै गर्दा १३ बर्षीया बालिकाको निर्मम हत्या भएको र त्यो घटनामा संलग्न अपराधी दुई महिनापछि मात्रै पक्राउ परेको सार्वजनिक भएको छ ।

निर्मला पन्तको हत्याको घटना इतिहास बन्ने अवस्थामा पुगेको छ । नेपालका चेलीबेटीहरू हरेक कुरामा हिंसा र विभेदको सिकार भइरहेका छन् । उनीहरूको मानव अधिकार कागजमा खोज्नुपर्ने अवस्था छ । मानव समाजका लागि यस प्रकारको अवस्था कलङ्कको रूपमा चित्रित हुँदै आएको छ ।

मानव अधिकार दिवस मनाउँदै गर्दा संविधानले दिएको अधिकारको प्रयोग समेत गर्न नपाउनु चिन्ताको कुरा हो । निःशुल्क शिक्षा र स्वास्थ्यको कुरा मानव अधिकार हो । नेपालको संविधानले नै यसको ग्यारेन्टी गरेको छ तर त्यही चरम विभेद छ । देशमा दुई थरी नागरिक उत्पादन भइरहेका छन् ।

अबको दिनमा संविधानले नागरिकलाई प्रदत्त गरेको मानव अधिकारको हक खोज्न कसैले खुट्टा कमाउनु पर्ने अवस्था नआओस् । राज्य भएको अनुभूति गर्न पाइएन भने त्यहाँ मानिसको अधिकार कुण्ठित हुन्छ ।

त्यो अवस्था अब नेपालमा कम्तीमा पनि नआओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?