ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
वन्यजन्तुले गर्छ सधैँ बाली नोक्सान

राहतबारे अनविज्ञ छन् किसान

वन्यजन्तुबाट हुने क्षतिमा राहतका लागि नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० अनुसार राहत उपलब्ध गराउँदै आएको छ । तर कपिलवस्तुका कृषक भने वन्यजन्तुबाट हुने बाली नालीमा हुने क्षतिको राहत बारे अनविज्ञ देखिन्छन् । 
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

कपिलवस्तु, २३ मङ्सिर । 

पछिल्लो समय कपिलवस्तु जिल्लाका कृषकहरू निजी जमिनमा लगाएका बालीनालीलाई वन्यजन्तुले सखाप पार्न थालेका छन् ।

जिल्लाका कृषकहरू निलगाई, बँदेल, दुम्सी लगायतका वन्यजन्तुले खाद्यान्न बाली र तरकारी बाली नष्ट पार्न थालेपछि हैरान परेका छन् । तर वन्यजन्तुले बाली सखाप पार्न थाले पनि पीडित कृषकहरूले क्षतिको राहतका लागी डिभिजन वन कार्यालयहरूमा निवेदन दिए ।

विशेष गरी नेपालको वन क्षेत्र र भारतको संरक्षित वनबाट आउने वन्यजन्तुले बाली सखाप पार्न थालेपछि कृषकहरू मर्कामा पर्दै गएका हुन ।

जिल्लाको शुद्धोदन गाउँपालिका, मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिकाका कृषकहरू सिजनको खाद्यान्न बाली र तरकारी बालीहरू वन्यजन्तु निलगाईले क्षति गर्ने भएकाले समस्यामा परेको बताउँछन् ।

निलगाई र बँदेलले बाली नोक्सानी गर्दा खेतबारीमा तारबार, जाली, बत्तीको प्रयोग गर्दा कृषि उत्पादनको लागत बढ्ने गरेको कृषकहरूको गुनासो छ । कतिपय स्थानमा वन्यजन्तुले बाली सखाप पार्न थालेपछि तरकारी खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको कृषकहरू नै बताउँछन् ।

पहिले वन्यजन्तु निलगाईको झुन्ड गाउँ बस्तीमा नआउँदा आफ्नो गाउँको करिब १ सय ५० घरधुरी नै तरकारी खेतीमा लाग्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. २ हरनामपुरका कृषक ब्रिकम चौधरीले बताए । “निलगाईको झुण्डले तरकारी खेती सखाप पार्न थालेपछि ५० परिवारले त तरकारी खेती गर्नै छोडिसके ।

निलगाईले खाएर र कुल्चेर बाली नोक्सान गरिदिन्छ । निलगाईबाट बाली जोगाउन कुनै किसानले झट्का मेसिन, कसैले बत्ती, कसैले तारबार र कसैले जाली लगाउनु परेको छ,” उनले भने ।  वन्यजन्तुबाट बाली जोगाउन तारबार सहितको उपाय अपनाउँदा कृषकलाई खेतीमा उत्पादन लागत बढ्दो छ ।

निलगाईको झुण्डनै आएर तरकारी खेती मास्ने गरेको सोही गाउँका अर्का कृषक कमलेश चौधरीले बताए । वन्यजन्तुबाट बालीनाली जोगाउने उपाय नहुँदा कतिपय बेला जाग्राम बसेरै बालीनाली जोगाउनु परेको उनले अनुभव सुनाए ।

निलगाईले खेतीपाती गर्न सक्ने अवस्था नै नभएको भए पनि आफूहरूले जसोतसो तरकारी खेती गर्दै आएको शुद्धोदन गाउँपालिका वडा नं. ४ ठुलो महादेवका तरकारी उत्पादक कृषक नन्दराम मौर्यले बताए । वन्यजन्तुले बालीनाली क्षति गर्दा राहत पाउने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको मौर्यले बताए ।

वन्यजन्तुबाट हुने क्षतिमा राहतका लागि नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी गरि देशभर राहत उपलब्ध गराउँदै आएको छ ।

निर्देशिकामा सामान्य घाइतेलाई बढीमा २० हजार रुपैयाँ, गम्भीर घाइतेलाई उपचार भई सके बढीमा २ लाख रुपैयाँ तथा उपचार पुरा नभए सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च, अङ्गभङ्ग भई जीवनभर गम्भीर शारीरिक अशक्त हुने अवस्थामा एकमुष्ठ ५ लाख रुपैयाँ, मृत्यु भएका नजिकको हकवालालाई १० लाख रुपैयाँ, ठुला पशु मृत्यु भएकालाई ६० हजार रुपैयाँ सम्म, अन्य पशुलाई १० हजार रुपैयाँ सम्म, माछा र कुखुरामा क्षति पुगे एक पटकमा बढीमा १० हजार रुपैयाँ सम्म र बाली क्षति भएमा मूल्याङ्कनका आधारमा एक मौसममा बढीमा १० हजार रुपैयाँ राहत दिन मिल्ने उल्लेख छ ।

तर कपिलवस्तुका कृषक भने वन्यजन्तुबाट हुने बाली नालीमा हुने क्षतिको राहत बारे अनभिज्ञ देखिन्छन् । सङ्घीय सरकारले प्रत्येक प्रदेशलाई राहत उपलब्ध गराउनका लागि १ करोड बजेट दिएको छ । क्षतिको अवस्था हेर्दा सो बजेट साह्रै नै न्यून छ ।

निर्देशिकामा बँदेल र बाँदरले गर्ने क्षतिलाई समेत समेटिएपछि पहाडी जिल्लाबाट राहतका लागि आउने निवेदन बढ्दो छ । जसका कारण राहत उपलब्ध गराउन प्रदेश सरकारलाई समस्या पर्दै आएको देखिएको छ ।

लुम्बिनी प्रदेश सरकारले वन्यजन्तुको आक्रमण भएका नेपाली नागरिकको हकमा निर्देशिका अनुसारको १० लाख र प्रदेश सरकारबाट थप १ लाख गरि ११ लाख रूपैया राहत उपलब्ध गराउँदै आएको छ । यसै गरी बाँके र बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमणले हुने मृत्युको सङ्ख्या बढी रहने भएकाले समेत राहतका लागि रकम अपुग हुँदै आएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८१/८२ कै अवधिमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ६ जना नागरिक र बाँकेमा ४ जना नागरिकको मृत्यु भएको देखिएको छ । एकातिर राहतका लागी दिइने रकम अपुग छ भने अर्का तर्फ राहत प्राप्तिको प्रक्रिया समेत झन्झटिलो रहेको देखिएको छ ।

बालीको नोक्सानी भएका कृषकले वडा, कृषि, वन सहितका चार स्थानको सिफारिसका आधारमा मूल्याङ्कन पछि डिभिजन वन कार्यालयको निर्णयको आधारमा प्रदेश सरकारबाट राहत पाउने प्रक्रिया छ जुन आफैमा झन्झटिलो छ ।

कपिलवस्तु जिल्लामा गत आर्थिक वर्षमा चितुवाले बाख्रा मारेको विषयमा २ वटा र यो आवमा १ वटा राहतको लागि निवेदन आएको देखिएको छ । सो निवेदनको आधारमा डिभिजन वन कार्यालय कपिलवस्तुले आवश्यक निर्णय पश्चात् प्रदेश मन्त्रालयमा सिफारिस गरी सकेको भए पनि पीडितले राहत रकम पाइसकेका छैनन् ।

हालसम्म डिभिजन वन कार्यालयमा वन्यजन्तुले बाली क्षति पुर्‍याएको राहतको लागी भनेर कुनै निवेदन नआएको डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) का सिनियर डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

निर्देशिका अनुसार बाली क्षतिमा बढीमा १० हजार राहत पाउने प्रक्रिया झन्झटिलो लाग्नुका साथै राहत पाउने जानकारी नहुँदा समेत कृषकहरूले राहतका लागि निवेदन नदिएको हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?